काठमाडौं । टीभीएस रोनिनको नयाँ भेरियन्ट सार्वजनिक भएसँगै यसको मूल्यमा घटेको छ । टीभीएस मोटर्सले भारतीय बजारमा रोनिनको ‘फेस्टिभ एडिसन’ सार्वजनिक गर्दै मूल्य घटाएको हो ।
नजिकिदै गरेको चाडपर्वको सिजनलाई मध्यनजर गर्दै कम्पनीले दुई नयाँ कलरमा रोनिनको फेस्टिभ एडिशन सार्वजनिक गरेको हो ।
ग्रे/फ्लोरोसेन्ट र मिड नाइट ब्लू कलर भेरियन्टमा सार्वजनिक भएको नयाँ भेरियन्टको मूल्य भारतीय बजारमा १५ हजार रुपैयाँले घटेको हो ।
यसअघि १ लाख ५० हजार रुपैयाँबाट सुरूवाती मूल्य भएको रोनिन फेस्टिभ एडिसन १ लाख ३५ हजार भारतीय रुपैयाँ तोकेर बिक्री सुरु भएको हो । कलर र मूल्यका अलावा अन्य कुनै परिर्वतन भएको छैन ।
टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् । यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ ।
कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनिनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।
त्यस्तै, यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुवै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनिनमा राइड मोड, साइलेन्ट स्टार्ट जस्ता फिचर पाउन सकिन्छ ।