जिली ग्रुपले जिओम ब्राण्डमा ल्यायो नयाँ ह्याचव्याक, मोटर ८५ किलोवाट

काठमाडौं । जिली ग्रुपको नयाँ ईभी ब्राण्ड जिओमले नयाँ फङ्की इलेक्ट्रीक ह्याचव्याक सिङयुवानको तस्विर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ ह्याचव्याकको लम्बाई ४.१ मिटरको हुने र ४१० किलोमिटर रेन्ज दिने जनाएको छ ।

कम्पनीका अनुसार ८५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने कारको बडी डिजाइन स्लीक र स्टाइलिस देखिएको छ । यसमा रेन ड्रप सेपको हेडलाइट, फ्लस डोर ह्याण्डल तथा व्ल्याकइन्ड रुफ पाउन सकिन्छ ।

नयाँ ह्याचव्याकको रियरमा स्पोइलर तथा ओभल सेपको टेललाइट रहेको छ । कारको बडी सुरक्षाको लागि चारैतिर व्ल्याक कलरको प्लास्टीक क्लाइडिङ दिएको छ ।

सिङयुवान कारको इन्टेरियरमा डी आकारको टु स्पोक स्टेरिङ ह्वील, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो साइजको इन्फोटेन्मेन्ट स्कृन रहेको छ । सेन्टर कन्सोलमा २ वटा वायरलेस चार्जिङ प्याड, २ वटा कप होल्डर, सानो साइजको गियर सिफ्टर तथा सानो स्टोरेज कम्पार्टमेन्ट पाउन सकिन्छ ।

गत जुलाइमा चिनियाँ सरकारी एजेन्सीमा दिएको आवेदन अनुसार सिङयुवान कारको लम्बाई ४१३५ एमएम, चौडाई १८०५ एमएम, उचाई १५७० एमएम रहेको छ । यसमा २६५० एमएम लामो ह्वीलवेस रहने छ ।

कम्पनीले सिङयुवान कारमा ३०.१२ र ४०.१६ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक दिएको छ । सानो व्याट्री अप्सनसँग ५८ किलोवाट तथा ठूलो ब्याट्रीसँग ८५ किलोवाटको मोटर अप्सन हुनेछ ।

यसमा रहेको ठूलो ब्याट्रीले ४१० तथा सानो व्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ । यो कारको सुरुवाति मूल्य ११ हजार डलर हुने अनुमान गरिएको छ ।

जिली होल्डीङको इलेक्ट्रीक गाडीहरु नेपाली बजारमा उपलब्ध हुन थालेका छन् । हालै सम्पन्न भएको नाडा अटो शोमा जिलीको रेडारा पीकअप सीजी मोटर्सले र अर्को ब्राण्ड जिकर सारडा ग्रुपले नेपाल ल्याएको छ । साथै, सिजी मोटर्सले नै स्मार्ट ब्राण्ड पनि नेपाल ल्याएको कारण नयाँ ह्याचव्याक पनि कुनै कम्पनीले ल्याउने सम्भावना देखिन्छ ।


Back_to_top