होन्डा हर्नेटलाई टक्कर दिन सुजुकीले ल्यायो ‘जिक्सर एबिएस’

काठमाडौं । सुजुकी  मोटरसाइकल कम्पनीले जिक्सर मोटरसाइकललाई एबिएस फिचरसहित सार्वजनिक गरेको छ । कम्पनीले नयाँ पुस्तालाई ध्यानमा राख्दै १५४.९ सीसी इन्जिन क्षमताको जिक्सर बाइक बजारमा ल्याएको हो ।

सुजुकीले एबिएस जिक्सर बाइकको भारतीय बजारमा मुल्य ८५ हजार ३५० भरतीय रुपैयाँ निर्धारण गरेको छ । निलो, कालो तथा रातो तीन कलर भरिएन्टमा बजारमा आएको छ । 

यस्ता छन् फिचर

जिक्सरको फ्रन्ट ह्वीलमा सिंगल च्यानल एबिएस युनिट लगाइएको छ । यसको अलवा यसको रियर ह्वीलमा रियर डिस्क ब्रेक दिइएको छ । 

कम्पनीले जिक्सरको मेकानिकल तथा आवरण सारसज्जामा भने कुनै परिर्वतन गरेको छैन । यसमा १५४.९ सीसी क्षमताको एयर कुल्ड सिङगल सिलिन्डर इन्जिन दिइएको छ । 

यसले ८ हजार आरपिएममा १४.८ बिपीएच तथा ६ हजार आरपिएममा १४ न्युटन मिटर टर्क उत्पादन गर्छ ।

सुजुकी जिक्सर एबीएसले होन्डा सीबी हार्नेट १६० आर एबीएसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । भारतीय बजारमा यसको पनि मुल्य ८६ हजार ६७५ भारतीय रुपैयाँ रहेको छ । 

सीबी हार्नेट १६० आरमा १६२.७१ सीसी इन्जिन दिइएको यसले ८५ सय आरपिएममा १४.९ बिएचपी पावर र ६५०० आरपिएममा १४.५ एनएम टर्क उत्पादन गर्छ । 

होन्डाको हर्नेट र सुजुकी जिक्सर नेपाली बजारमा बिक्री वितरण हुँदै आएका छन् । नयाँ ‘जिक्सर एबिएस’ पनि चाँडै नेपाल आउने बताइएको छ । 


Back_to_top