५ वर्षअघि नेपालबाट बाहिरेको जनरल मोटर्सले भारतपनि छाड्यो

काठमाडौं । सन् २०१५ मा नेपाली बजारमा आफ्नो उत्पादन विक्री गर्न बन्द गरेको अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्सले अन्तत भारतमा रहेको आफ्नो अन्तिम प्लान्टपनि बन्द गरेको छ । योसँगै कम्पनी भारतीय बजारबाट बाहिर निस्किएको हो ।

महाराष्ट्रको पुर्णे स्थित तलेगाउँमा रहेको प्लान्टलाई आधिकारीक रुपमा बन्द गरेसँगै जनरल मोटर्सले भारतमा रहेको सम्पूर्ण प्लान्ट बन्द भएको घोषणा गरेको छ ।

जनरल मोटर्सले आफ्नो तलेगाउँमा रहेको प्लान्ट चिनीयाँ कम्पनी ग्रेटवाल मोटर्सलाई विक्री गर्ने यसअघि नै घोषणा गरेको थियो । तर, चीन र भारतवीच लद्दाखमा भइरहेको सिमा विवादले अहिलेसम्म महाराष्ट्र सरकारले ग्रेटवाल मोटर्सको लगानीलाई स्विकृति दिएको छैन ।

जनरल मोटर्सले भारतको गुजरातमा रहेको आफ्नो प्लान्टलाई यसअघि नै चिनीयाँ कम्पनी एमजी मोटर्सलाई विक्री गरेको थियो । अहिले उक्त प्लान्टबाट एमजीका कारहरु उत्पादन भइरहेका छन् ।

यदि तलेगाउँमा रहेको प्लान्टमा चिनीयाँ कम्पनी ग्रेटवालको लगानी स्विकृत भएको खण्डमा कम्पनीले सन् २०२३ बाट यहाँ उत्पादन थाल्ने योजना अगाडि सारेको छ ।

नेपालमा पनि जनरल मोटर्सका उत्पादन विजय मोटर्सले सन् २०१६ सम्म विक्री गरिरहेको थियो । सन् २०१६ मा विजय मोटर्ससँग डिलरसिप खोसोको कम्पनीले त्यसपछि नेपालमा अर्को कुनै डिलर नियुक्त गरेन । अन्तत जनरल मोटर्सले भारतबाट फिर्ता जाने निर्णय लियो ।


Back_to_top