काठमाडौं । नेपाल ल्यूव आयालले उत्पादन गर्दै आएको ‘गल्फ लुब्रिकेन्ट’ले नुवाकोटमा तीन दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । कम्पनीले आफ्नो आधिकारिक बिक्रेता गणपति ईन्टरप्राइजेज मार्फत नुवाकोटमा रहेको सागर रिमाल मोटरसाइकल वर्कसपमा उक्त क्याम्प गरेको हो ।
बैशाख १६ देखि १८ सम्म चलेको निःशुल्क सर्भिस क्याम्प नयाँ वर्षलाई लक्षित गरेर संचालन गरिएको थियो । क्याम्पमा सहभागी मोटरसाइकल र स्कूटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर पनि प्रधान गरिएको थियो । सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ सम्मको आकर्षक छुट ग्राहकहरुले पाएका थिए ।
क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जनाएको छ । क्याम्पको बारे प्रतिक्रिया दिदै वर्कसपका संचालक सागर रिमालले भने, ‘गल्फ लुब्रिकेन्टले नुवाकोटमा पहिलो पटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरुले उत्कृष्ट सर्भिस र आकर्षक अफरबाट फाइदा लिन पाएका छन् । आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न हामीलाई प्रेरणा मिलेको छ ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटीभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्षदेखि लगातार ग्राहकको रोजाईमा पर्दै आएको छ ।

