गल्फ लुब्रिकेन्टले दियाे तीन जनालार्इ सुजुकी भिटाराब्रेजा

काठमाडाैं । गल्फ लुब्रिकेन्टका काठमाडौंका वितरक एभ ट्रेडिङ प्रालिले मंगलबार काठमाडाैंमा रिटेलर्स मिट सम्पन्न गरेको छ ।

कार्यक्रममा दुई तथा चारपारे सवारी साधनका करिब ३ सय पचास मेकानिक्स तथा लुब्रिकेन्ट्स विक्रेताहरुकाे सहभागीता रहेको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले मेकानिक्सहरुले सही लुब्रिकेन्टको पहिचान गर्नु पर्ने आवश्यकतामा जोड दिएका थिए । साथै सडक सुरक्षाका लागि राम्रो कन्डिसनयुक्त सवारी साधन मात्र सडकमा गुडाउनका लागि मेकानिक्सकहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

नाडा  उपाध्यक्ष प्रकाश कपुरी, नासाका महासचिव गोविन्द भट्टराई, नेपाल मोटर स्पोर्ट्स क्लबका अध्यक्ष दीपक आचार्य र पशुपति माइक्रो बस व्यवसायी संघका अध्यक्ष मधुसूदन आचार्यले सडक सुरक्षा र प्रदुषण मुक्त गाडि गुडाउन मेकानिक्सहरुको महत्वपूर्ण भूमिका रहेकोले स्तरीय लुब्रिकेन्ट र  पार्ट्सको छनौट गरेर  सवारीको आयु  बडाउन सहयोग गर्न अनुरोध गरेका थिए।

एभ ट्रेडिङ प्रालिका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले आगामी बर्षको स्किमको वारेमा जानकारी दिदै आगामी दिनहरुमा पनि व्यवसाय विस्तारमा साथ दिन रिटेलर्सहरुलाई अाब्हान गरेका थिए ।

उक्त कार्यक्रमकाे शुरूमा गल्फ लुब्रिकेन्टको उत्पादक तथा  वितरक नेपाल ल्युब आयल लिमिटेडका सेल्स म्यानेजर दिवाकर मिश्रले गल्फ लुब्रिकेन्टको उत्पादन प्रक्रिया र गुणस्तरका पक्षहरुको तथा समग्र बजार अवस्थाको बारेमा जानकारी दिएका थिए ।

नेपाल ल्युब आयल लिमिटेडले एभ ट्रेडिङ प्रालि अन्तर्गतका डिलरहरु मध्ये आर्थिक वर्ष २०७४/७५ मा धेरै लुब्रिकेन्ट्स वितरण गर्ने र आगामी आर्थिक वर्ष २०७५/७६ का लागि समेत प्रतिवद्धता ब्यक्त गर्ने वितरकहरुलाई विभिन्न पुरस्कार वितरण गरेको थियाे ।

 कार्यक्रममा अघिल्लो आर्थिक बर्षमा धेरै लुब्रिकेन्ट वितरण गर्ने एसएन्डएस ट्रेड कन्सर्न, अबि ट्रेड लिंक र डीएस ट्रेड लिंकलाई सुजुकीको भिटारा ब्रेजा एसयुभी उपहार प्रदान गरिएको थियो । त्यसतैगरी एएन मोटर पार्ट्स, कारमान्डु मोटर्स, सिन्धुली अटो र अटो एभले रोयल इन्फिल्ड बाइक  हस्तान्तरण गरिएको थियो । साथै एभ मोटर्स, सोनित अटो पार्ट्स र धनश्री अटो केयरलाई यामाहा सलुटो बाइक प्रदान गरिएको थियो ।

नेपाल ल्युब आयल लिमिटेडले ३२ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण तथा बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक नेपालमै स्तरीय लुब्रिकेन्ट उत्पादन गरिरहेको छ । 


Back_to_top