नेपालमै एसेम्बल भएको सस्तो इलेक्ट्रीक स्कुटर सार्वजनिक, १०० किलोमिटर रेन्ज

काठमाडौं । नेपालमै एसेम्बल भएको इलेक्ट्रीक स्कुटर बजारमा आएको छ । चिनियाँ ब्राण्ड लिहा मोटर्सको इलेक्ट्रीक स्कुटर वान क्लिक बाइ प्रालिले नेपालमै एसेम्बल गरी बिक्री सुरू गरेको हो ।

पहिलो चरणमा कम्पनीले काठमाडौंको जडिबुटीमा शोरुम स्थापना गरेर इलेक्ट्रीक स्कुटरको बिक्री सुरू गरेको हो ।

कम्पनीले अहिले एक मोडलको स्कुटर तथा एक मोडलको डेलिभरी स्कुटर सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीले डेलिभरीका लागि उपयुक्त हुने स्कुटर जेडजेडडब्ल्यूको मूल्य १ लाख ३६ हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरू गरेको हो । त्यस्तै, दुई भेरियन्टमा उपलब्ध स्कुटर टीएमएन ७० र टीएमएन १०० को मूल्य क्रमशः १ लाख ३० हजार र १ लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।

यो स्कुटरमा २ किलोवाट क्षमताको मोटर उपलब्ध छ । टीएमएन ७० मा ७२ भोल्ट २० एम्पियर अवार र टीएमएन १०० मा ७२ भोल्ट ३५ एम्पियर आवरको लिड एसिड ब्याट्री उपलब्ध छ । यसले एक पटकको फुलचार्जमा ७० किलोमिटर र १०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

यसमा एलईडी लाइट, डिस्क ब्रेक, डिजिटल डिस्प्ले, स्मार्ट की जस्ता फिचर उपलब्ध छ । कम्पनीले निकट भविष्यमै ललितपुरको भैँसेपाटीमा अर्को शोरुम संचालनमा ल्याउने तयारी थालेको छ ।


Back_to_top