बीवाइडीले देखायाे १३०६ हर्सपावरको कार, याङवाङ यू७

काठमाडौं । बीवाइडीको प्रिमियम ब्राण्ड याङवाङले फ्ल्यागशिप सेडान यू७ सार्वजनिक गरेको छ । कम्पनीले चीनमा जारी बेइजिङ अटोशो २०२४ मा उक्त कार सार्वजनिक हो ।

बीवाइडी एरोडाइनामिक डिजाइनमा बनाएको यो कारको ड्रयाग कोफिसियन्ट जम्मा सीडी ०.१९५ मात्र रहेको छ । यो आंकडा विश्वमा मास प्रडक्सन भएका कारको सबैभन्दा कम हो ।

अगाडिबाट स्लिक लुक्स रहेको यो कार याङवाङको यू ९ सुपरकार फोर डोर सेडान सेपमा रहेको छ । यू ७ को लम्बाइ ५२६४ एमएम, चौडाइ १९९८ लम्बाइ १५१७ एमएम तथा ३१६० एमएमको ह्वीलबेस रहेको छ ।

यसमा यू ९मा जस्तै सीसेपका हेडलाइट क्लस्टर रहेको यो ईभीमा रुफलाइनमा लाइडार युनीट रहको छ । यो कारमा आउटसाइड भ्यू मिररको सट्टामा क्यामरा रहेको छ ।

यो कार ई४ प्ल्याटफर्ममा बनेको हो र यसको टप स्पीड २७० किलोमिटर प्रतिघण्टाको रहेको छ । यसमा चारै चक्कामा ३२६ हर्सपावरको इलेक्ट्रीक मोटर दिएको छ ।

याङवाङ यू७ को कम्बाइन पावर १३०६ हर्सपावरको रहेको छ । ३ हजार केजीभन्दा बढी तौल भएको यो कारमा १३५५ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको छ । जसले एक पटकको फुलचार्जमा ८०० किलोमिटरसम्मको रेन्ज दिन्छ ।


Back_to_top