यस्तो थियो सन् २०२१ मा नेपाल आएको खराब कार

काठमाडौं । व्यापारीले नेपाल ल्याउने सबै गाडी राम्रा हुन्छन् भन्ने छैन । सन् २०२१ मा इभी नेपाल प्रालिले ल्याएको नयाँ ब्राण्ड हार्मोनियस गाय कम्पनीको ‘बेन्ज जीएक्स-८’ मोडल नेपाल आएको सबैभन्दा खराब मोडल हो ।

झट्ट हेर्दा निकै आकर्षक देखिएको मिनि कार कमजोर क्याविनको कारण सन् २०२१ मा नेपाल आएको सबैभन्दा खराब कार सावित भयो । बाहिरबाट हेर्दा राम्रो देखिएपनि भित्री भाग बच्चाको खोलौना जस्तै रहेको कारण यसले बजारमा कसैको ध्यान खिच्न सकेन ।

कमजोर ड्यासबोर्ड, स्कृन फोटेर झ्यार झ्यार आएको मोवाइल जस्तो इन्फोटेन्टमेन्ट, कमजोर एसी बटम, यत्रतत्र छरिएको वारिङ, कमजोर ब्रेक जस्ता कारण यो गाडी सडकमा गुडाउन लाएक नै थिए ।

सिट, सिटवेल्ट, सिटवेल्ट बकल, फ्लोर, स्टेरिङ ह्वीलको क्वालीटी सबै निरासजनक थियो । अझ कम्पनीले सनरुफ भनेर ल्याएको फिचरले गाडीलाई नै गिज्याइ रहेको थियो ।

यी कुराले नै बेन्ज जीएक्स-८ कस्तो थियो भनेर थप भनिरहनु पर्दैन होला । चीनमा बनेको यो गाडी आयात सुरु भएसँगै विद्युतीय गाडीको नाममा जस्तोसुकै उत्पादन नेपाल ल्याउन दिनु हुँदैन भन्ने आवज व्यापारीहरुले नै उठाएका थिए ।

सन् २०२१ मा नेपाल आएको बेन्ज जीएक्स ८ यति खराब थियो कि कम्पनीले त्यसपछि दोस्रो लट गाडी ल्याउनै सकेन ।
यो सानो कारमा ७.५ किलोवाट आवर क्षमताको व्याट्री र ४ किलोवाटको मोटर दिइएको थियो ।

यो कारलाई अधिकतम ६० किलोमिटर प्रतिघन्टाको स्पीडमा चलाउन मिल्ने आयतकर्ता कम्पनीले दावी गरेको थियो ।


Back_to_top