काठमाडौं । हानकुक टायरको नेपाली बजारमा आधिकारीक बिक्री सुरु भएको छ । ब्यवसायीक घराना लक्ष्मी समूह अन्तर्गतको एलएच सर्भिसेसले उक्त टायरको आधिकारीक बिक्री सुरु गरेको हो।
हानकुक दक्षिण कोरियाली टायर निर्माण ब्राण्ड हो । कम्पनी पिसीआर, एलटिआर,
एसयूभि र टिबीआर खण्डमा बलियो उपस्थिति रहेको छ । विश्वको सातौ ठूलो टायर बिक्री गर्ने ब्रान्ड हानकुकले भेन्टस्, किर्नजी र अप्टिमो श्रृखलाका टायर उित्पादन गर्दै आएको छ ।
हानकुकका टायरले उच्च इन्धन बचत, कम झट्का र आवाज, राम्रो आकर्षण र उच्च गुणस्तरको टायर उत्पादन गर्दै आएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
हानकुक टायरले लक्ष्मी समुहसँग मिलेर नेपाली बजारमा गुणस्तरीय सेवा प्रदान गर्ने योजना बनाएको जनाइएको छ ।
लक्ष्मी समुह अन्तर्गतको एलएच सर्भिसेसले विश्वव्यापी रुपमा प्रख्यात आटोमोटिभस् तथा सहायक बस्तुहरु आयत गरि विक्री वितरण गर्ने छ । हाल ब्याट्री, लुब्रिकेन्टस् र टायर व्यवसायमा कम्पनी रहेको विज्ञीतीमा उल्लेख छ ।
साथै, कम्पनीले एक राष्ट्रिय दैनिकमा आजै बिज्ञापन प्रकाशन गरि नेपालभरको लागि डिलर मागसमेत गरेको छ ।


