अमेरिकी लग्जरी क्रूजर बाइक निर्माता कम्पनी हार्ले डेभिड्सनले पहिलोपटक उत्पादन गरेको ‘लाइभ वायर’ इलेक्ट्रीक बाइकलाई बजारमा उतारेको छ । कम्पनीको यो मोडलको मूल्य २९ हजार ७ सय ९९ डलर तोकेको छ । नेपाली बजारमा आउने हो भने यो बाइकको मूल्य ४० हाराहारीमा पर्न आउँछ ।
कम्पनीले इटालीको मिलानमा भएको इकामा मोटर शो २०१८मा लाइभ वायरलाई शोकेस गरेको थियो । कम्पनीले यो इलेक्ट्रीक बाइकको साथ–साथै एड्भेन्चर टुर, स्ट्रीट फाइटरजस्ता मोडल उत्पादनमा लाग्ने घोषणा गरेको थियो ।
लाइभ वायर कम्पनीको पहिलो इलेक्ट्रीक मोटरसाइकल हो । योसँगै कम्पनीले इलेक्ट्रीक बाइकको क्षेत्रमा पनि हात हालेको हो । अन्यको तुलनामा यो बाइकलाई नो क्लच अवधारणमा ल्याएको छ । यो बाइकमा क्लच हुनेछैन ।
यसमा ४.३ इन्चको टचस्क्रिन कन्सोल लगाइएको छ । स्ट्रीट फाइटर मोटरसाइकलको रुपमा परिचित यो माडेलले ३.५ सेकेन्डको समयावधिमा शून्यदेखि १०० किलोमिटरको रफ्तार पकड्छ । यसको टपस्पीड क्षमता १७७ किलामिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ ।

