हार्ले डेभिडसनको सस्तो मोटरसाइकलको मूल्य बढ्यो, बुकिङ बन्द गरिँदै

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोसँग मिलेर अमेरिकी प्रसिद्ध मोटरसाइकल ब्राण्ड हार्ले डेभिडसनले उत्पादन गरेको एक्स ४४० को मूल्य वृद्धि भएको छ ।

सुरूआती मूल्य २ लाख २९ हजार एक्स शोरुम मूल्यमा सार्वजनिक भएको हार्ले एक्स ४४० को मूल्य १० हजार रुपैयाँले बढेको हो ।  यससँगै ‘हार्ले एक्स ४४०’को नयाँ मूल्य २ लाख ३९ हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।

सार्वजनिक भएसँगै मोटरसाइकलको चर्चा चुलिएको छ । यसको माग धेरै भएका कारण अगष्ट ३ देखि बुकिङ बन्द हुने भएको छ ।

भारतीय मोटरसाइकल उत्पादक कम्पनीको उत्पादन हार्ले एक्स ४४० निओ रेट्रो डिजाइनमा निर्माण गरिएको छ । यसले भारतमा रोयल इनफिल्ड, जावा, येज्दी जस्ता मिड साइज मोटरसाइकलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

हार्ले एक्स ४४० मा सिगंल सिलिन्डर, एयरकुल्डका साथ आयल कुलर इन्जिन दिइएको छ । यो इन्जिनले २७ पीएस पावर जेनेरेट गर्छ भने यसमा स्लिपर एसिस्ट क्लच उपलब्ध छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यो मोटरसाइकलको फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा ट्वीन सक एब्जर्भर दिइएको छ ।

एक्स ४४० को एक्जष्ट, टर्न इन्डिकेटर तथा हेडल्याम्प रेट्रो डिजाइनको छ । त्यस्तै रउान्ड सेप एलईडी डीआरएलसतिहको हेडल्याम्प पाउन सकिन्छ । यसमा डबल च्यानल एबीएस, अलोय ह्वील, एलइडी इन्डिकेटर जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top