जावाका मोटरसाइकल किन्नेलाई ५.५ प्रतिशत ब्याजमा दुई वर्षे किस्ता

काठमाडौं । जावा तथा येज्दीका मोटरसाइकलहरु कम ब्याजदरमै किन्न सकिने स्कीम सार्वजनिक भएको छ । कम्पनीले ५.५ प्रतिशत ब्याजमै मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो ।

अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा र येज्दी ब्राण्डका मोटरसाइकलहरुमा ल्याएको यो स्कीम नगदका साथै फाइनान्समा मोटरसाइकल खरिद गर्ने ग्राहकले फाइदा लिन सक्नेछन् ।

यो योजना अन्तर्गत जावा तथा येज्दी मोटरसाइकल किन्दा ग्राहकले कम ब्याजदरमा सजिलै फाईनान्स सुविधा पाउने छन् भने एसेसरिज सहित राईडिंग गियर पनि कम्पनीले दिनेछ ।

यस योजनामा नगद तिरेरै मोटरसाइकल खरिद गर्न चाहाने ग्राहकले मोटरसाइकल एसेसरिजका साथै एक सेट राइडिङ गियर निःशुल्क पाउने छन् । ग्राहकले राइडिङ गियर लिन नचाहेमा त्यस वापतको रकम छुट लिन सक्नेछन् ।

त्यस्तै, फाइनान्स सुविधमा मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्ट गरि २ वर्षको अवधिलाई ५.५ प्रतिशत ब्याजदरमा कर्जा लिन सक्नेछन् ।

ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र १ वर्षको रोड ट्याक्स पनि पाउनु हुनेछ । कम्पनीका अनुसार हाल जावा ब्राण्ड अन्तर्गत फोर्टी–टु, जावा र पेराक मोडेल छन् । त्यस्तै येज्दी ब्राण्ड अन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्भेन्चर मोडेलहरु बिक्री गर्दै आएको छ ।

यो मनसुन राईड अफर जावा येज्दीका सबै सोरुमहरुमा उपलब्ध हुने तथा सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।


Back_to_top