वेभसाइटबाट हटाएको अर्को दिन नै हिरोको घोषणाः दुबै मोडल बीएस ६ मा आउने

काठमाडौं । हिरो मोटोकर्पले अघिल्लो वर्ष बजारमा ल्याएको एक्सपल्स २०० टी र एक्स्ट्रीम २०० एसलाई आफ्नो आधिकारीक वेभसाइटबाट हटाएको एक दिन नवित्दै यी दुबै मोडललाई बीएस ६ मापदण्डको इन्जिनमा केही दिनभित्रै बजारमा ल्याउने जनाएको छ ।

हिरो मोटोकर्पले आफ्नो एक्सपल्स २०० टी र एक्स्ट्रीम २०० एसलाई हटाएर १६० आर लिस्टेड गरेको थियो । अब पुनः दुबै मोडललाई पुनः लिस्टेड गरेको छ ।

सुरुवातदेखि नै ग्राहकको चाहनामा पर्न नसकेको एक्स्ट्रीम २०० एस र एक्सपल्स २०० टीलाई कम्पनीले २०१९ मा बजारमा उतारेको थियो ।
यी दुबै मोटरसाइकलमा २०० सीसी क्षमताको समान इन्जिन दिइएको थियो । १९९.६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड काब्रुरेटर इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्थ्यो ।

यी दुई वटै मोटरसाइकल नेपाली बजारमा पनि बिक्री हुँदै आइरहेको छ । नेपालको लागि एनजीएम (नेपाल जनरल मार्केटिङ)ले गर्दै आएको यी मोटरसाइकलले यहाँ पनि खासै राम्रो व्यापार गर्न सकिरहेको छैन ।

एनजीएमले नेपाली बजारमा हिरो एक्सपल्स २०० टी को मूल्य ३ लाख ३२ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । साथै, एक्स्ट्रीम २०० एसको मूल्य ३ लाख २२ हजार रुपैयाँ तोकेर बिक्री गरिरहेको छ ।


Back_to_top