महिन्द्रा स्कोर्पियो र एक्सयूभी ५०० मा यस्ता छन् परिमार्जन, लकडाउन सकिएपछि बजारमा

काठमाडौं । महिन्द्राले आफ्नो चर्चित एसयूभी स्कोर्पियो र एक्सयूभी ५०० मा नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिन दिएको छ । उक्त इन्जिनसँगै कम्पनीले यी दुबै गाडीमा केही कस्मेटिक परिमार्जन समेत गरेको छ ।

महिन्द्रा भारतमा एसयूभी एक्स्पर्टको नामले परिचित रहेको छ । नेपालमा पनि महिन्द्राकको स्कोर्पियो निकै चर्चित रहेको छ । यस्तोमा यी गाडीमा भएको परिमार्जनले नेपालमा पनि केही महत्व राख्छ ।

अब तयार रहेका दुबै मोडल लकडाउन सकिएपछि सार्वजनिक हुने छन् ।

एक्सयूभी ५००

महिन्द्राले एक्सयूभी ५०० को ४ भेरियनटमा बजारमा ल्याउने छ । यो एसयूभी फ्रन्ट ह्वील ड्राइभ अप्सनमा बजारमा आउने छ । डब्ल्यू ५, डब्ल्यू ७, डब्ल्यू ९ र डब्ल्यू ११ भेरियन्ट बजारमा उपलब्ध हुने छ । कम्पनीले इन्ट्री लेवल भेरियन्ट डब्ल्यू ३ भने बन्द भएको छ ।

कम्पनीले एक्सयूभी ५०० मा बीएस ६ मापदण्डको २.२ लिटर एकहक इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ३७५० आरपीएममा १५३ बीएच पावर र १७५० देखि २८०० आरपीएममा ३६० एनएम टर्क प्रदान गर्नेछ ।

यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक दुबै गियरबक्सको अप्सन पाउन सकिन्छ । प्रोजेक्टर हेडल्याम्पको साथ आउने नयाँ एक्सयूभी ५००मा सुरक्षाको लागि एयरव्याग, स्पीड अर्लट, एबीएस, इबीडी, रिर्भस पार्किङ सेन्सर, सिटवेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध रहने छ ।

कम्पनीले यसमा यसअघि दिइएका प्राय सबै फिचर बीएस ६ मोडलमा पनि उपलब्ध गराएको छ ।

स्कोर्पियो

महिन्द्राको लोकप्रिय एसयूभी स्कोर्पियोको बीएस ६ मोडल पनि तयार भएको छ । बीएस ६ इन्जिनमा आउने स्कोर्पियो ४ भेरिएन्ट एस ५, एस ७, एस ९ र एस ११ मा उपलब्ध हुनेछ ।

कम्पनीले यसमा २.२ लिटर एमहक इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १४० पीएस पावर र ३२० एनएम टर्क प्रदान गर्नेछ । यसअघि उपलब्ध तीन इन्जिन अप्सनमा दुई इन्जिनलाई कम्पनीले हटाएको हो ।

नयाँ स्कोर्पियोमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्स पार्किङ क्यामेरा, प्रोजेक्टर हेडल्याम्प, अटो हेडलाइट र रेन सेन्सिङ वाइपर्स जस्ता फिचर रहेको छ ।


Back_to_top