काठमाडौं । हिरो इलेक्ट्रीकले नयाँ मेनिफ्याक्चरिग यूनिट स्थापना गर्ने भएको छ । कम्पनीका अनुसार आगाम तीन वर्षपछि हरेक वर्ष १० लाखभन्दा बढी इलेक्ट्रीक भेहिकल उत्पादन क्षमता पुर्याउने भएको हो ।
हिरोले केही दिन अगाडि आफ्नो तीन इलेक्ट्रीक स्कुटर सार्वजनिक कार्यक्रममा नयाँ प्लानको घोषण भएको गरेको हो ।
सोही कार्यक्रममा हिरो इलेक्ट्रीकले राजस्थानमा ग्रीनफील्ड प्लान्ट बनाउने पनि बताएको छ । यसका लागि कम्पनीले १ हजार २०० करोड भारतीय रुपैयाँ लगानी गर्ने बताएको छ ।
हिरो इलेक्ट्रीकका निर्देशक नवीन मुन्जालका अनुसार नयाँ प्लान्ट स्थापनापछि कम्पनीले वार्षिक १० लाख यूनिट दुईपांग्रे उत्पादन क्षमता हुनेछ ।
चालु आर्थिक वर्षमा कम्पनीले १ लाख यूनिटभन्दा बढी प्रोडक्ट बिक्री गर्ने लक्ष्य लिएको छ । त्यससँगै आगामी वर्षमा २.५ लाख प्रोडक्ट बिक्री गर्ने र दुई÷तीन वर्षको अन्तरालमा १० लाख यूनिट पुर्याउने लक्ष्य बनाएको छ ।
कम्पनीले लुधियानामा पनि नयाँ फ्याक्ट्री लगाउने प्लान बनाइरहेको छ ।साथै, महिन्द्र ग्रुपसँग आफ्नो स्ट्राटिजिक पार्टनरसिपको सहयोगमा मध्यप्रदेश पितमपूरामा साझेदारी फ्यासिलिटी सुरू गर्ने कम्पनीले बताएको छ ।


