अशोक लेल्यान्डका गाडी किन्न एभरेष्ट बैंककाे सरल कर्जा

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अशोक लेल्यान्डका सवारीसाधन किन्न बैंकले अधिकतम ७ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने छ । बैंकले अधिकतम १४ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिने भएको छ ।

कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने बैंकले जनाएको छ । यो सुविधा अशोक लेल्यान्डका देशभर १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट उपलब्ध हुनेछ ।

नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको उपस्थिति बलियो छ । पछिल्लो दुई वर्ष यता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । कम्पनीले हाल देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तारलाई तीव्रता दिएको छ ।

हाल अशोक लेल्यान्ड नेपालको दोस्रो ठूलो कमर्सियल भेहिकल ब्रान्ड रहेको कम्पनीको दाबी छ । हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ । जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ ।


Back_to_top