हिरोको मोटरसाइकल र स्कुटर किन्दा १० लाखसम्म नगद जित्न सकिने

काठमाडौं । हिरोको मोटरसाइकल तथा स्कुटरमा चाडपर्व लक्षित ‘कोर्यो कि पर्यो’ अफर सुरू भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उक्त आकर्षक अफर ल्याएको हो ।

‘यसपालीको दशैं तिहार स्योर सट क्यास उपहार’ भन्ने नाराका साथ सार्वजनिक गरिएको यस अफरमा ग्राहकले आकर्षक सुविधा तथा उपहार पाउने छन् ।

यस अफर अन्तर्गत मोटरसाइकल वा स्कुटर खरिद गरेका ग्राहकहरूले डिजिटल स्क्र्याचमार्फत १० लाख रुपैयाँसम्मको इन्स्ट्यान्ट नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

त्यस्तै, हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले १०० प्रतिशत क्यासब्याकस प्राप्त गर्ने छन् । साथै, इन्क्वायरी रजिस्टर गर्नेहरूमध्ये पनि हरेक दिन एक जना भाग्यशाली ग्राहकले निःशुल्क इयरबड पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकहरुको सहजताका लागि इजी फाइनान्स र एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ । जसमा ग्राहकले आफ्नो ड्राइभिङ लाइसेन्स र नागरिकताकै भरमा लोन लिन सक्ने छन् । साथै, आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ हिरो मोटरसाइकल साट्न सक्नेछन् ।


Back_to_top