कुनै बेला करिजमा मोटरसाइकल नेपाली बजारमा निक्कै चर्चित थियो । विगतमा होन्डा करिजमा भनेर चिनिएको यो मोटरसाइकल हिरो र होन्डा छुट्टीदाँ हिरोको भागमा परेको थियो ।
करिजमा २००३ मा बजारमा आएको बाइक हो । विगत १४ वर्षको अवधिमा करिजमा धेरै पटक परिमार्जित हुँदै आएको थियो । कम्पनीले २०१६ को सुरुवात तिर करिजमाको उत्पादन बन्द गरेको थियो ।
तर पछिल्लो समय हिरोेले एकाएक करिजमालाई पुनः बजारमा ल्याउने भएको छ ।
नयाँ करिजमाको मूल्य
हिरोले भारतीय बजारमा करिजमाको उत्पादन बन्द गरेपनि अन्तर्राष्ट्रिय बजारका लागि भने काम गरि रहेको थियो । २०१८ को अटो एक्सपोमा करिजमा जेडएमआर सोकेसको रुपमा राखेको थियो ।
हिरोका अनुसार करिजमा जेडएमआरको मूल्य १ लाख ८ हजार देखि १ लाख १० हजार भारुसम्म पर्नेछ । पुरानोको भन्दा परिमार्जनसहित आएको करिजमाको कम्पनीले गत महिना १२ वटा डेलिभरी समेत दिएको बताइएको छ ।
हिरो करिजमा जेडएमआरका विशेषता
कम्पनीका अनुसार करिजमा जेडएमआरमा २ सय २३ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले २० बीएचपी पावर र १९.७ एनएम टर्क दिन्छ । संगै यो मोटरसाइकलको उच्च गति १ सय २९ किलोमिटर प्रतिघण्टासम्म रहेको कम्पनीको दाबी छ ।
नेक्स्ट जेन करिजमा २०२० सम्ममा आउने
हिरोले नेक्ट जेन करिजमासमेत बनाइ रहेको जनाइएको छ । तर यो मोटरसाइकल बजारमा आउन करिब २ वर्ष लाग्ने अनुमान गरिएको छ । यद्यपी २०२० सम्ममा हिरो नेक्स्ट जेन करिजमा बजारमा आउने छ ।
नेक्स्ट जेन पूर्ण नयाँ डिजाइनमा आउने शक्तिशाली इन्जिन र अत्याधुनिक प्रविधिमा आउने छ ।

