भारतको अग्रणाी टु ह्वीलर कम्पनी हिरो माटोकर्पले अक्टुवर महिनाको अन्त्यमा १२५ सिसिको स्कुटर र एक्स्ट्रीम २००आर बाइक सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले फेस्टिभ सिजनमा डबल ग्रोथ हाँसिल गर्ने लक्ष्यसहित दुई उत्पादनलाई एकसाथ बजारमा ल्याउने घोषणा गरेको हो ।
कम्पनीका चेयरम्यान तथा एमडी पवन मुन्जाल भन्छन् ‘स्कुटर र मोटरसाइकललाई एक साथ सार्वजनिक गर्ने योजना बनाएका छौं । सेप्टेम्बर वा अक्टोम्बरको अन्त्यमा बजारमा ल्याउँने तयारी भइरहेको छ ।’
‘कम्पनीले प्रिमियम पोर्टफोलियोमा विस्तारै आफ्ना उत्पादनको विस्तार गर्ने छ’ उनले भने ।
कम्पनीले चालु वर्षमा निक्कै राम्रो सुरुवात गरेको छ । उसले यस वर्षको पहिलो तीन महिनामा अत्याधिक मोटरसाइकल तथा स्कुटर बिक्री गरेको थियो ।
हिरोले अप्रिल–जुनको तीन महिनाको बिचमा २० लाख ६० हजार बाइक तथा स्कुटर बेचेको हो । पछिल्लो वित्तीय वर्षको तीन महिना माकम्पनीले १८ लाख ११ हजारको टुह्वीलर्स बेचेको थियो ।
अब कम्पनीले इलेक्ट्रिक भेइकल्सको उत्पादनलाई जोड दिइरहेको जानकारी दिँदै चाँडै नै इलेक्ट्रिक मोटरसाइकल र स्कुटर मार्केटमा ल्याउँने जनाएको छ ।
कम्पनीले यसपूर्व २०० आर मोडल नर्थ इस्टर्न क्षेत्रमा सार्वजनिक गरिसकेको छ । साथै, कम्पनीले चालु वित्तीय वर्षमा प्रिमीयम मोटरसाइकलको पोर्टफोलियोमा अर्को मोडल एक्सप्लस २०० ल्याउने तयारी गरेको छ ।
एक्सप्लस २०० एडभान्चर मोटरसाइकल अन्तर्गत पर्छ । हिरो कम्पनीले फेब्रुअरीमा दिल्लीमा आयोजना गरिएको अटो एक्स्पोमा एक्सप्लस मोटरसाइकल तथा १२५ सिसि स्कुटर सार्वजनिक गरेको थियो ।

