बन्द भयो हिरोका दुई चर्चित मोटरसाइकल

काठमाडौं । हिरो मोटोकर्पले आफ्ना दुई चर्चित मोडलको उत्पादन बन्द गरेको छ । कम्पनीले एक्सपल्स २०० टी र एक्स्ट्रीम २०० एस मोडल बन्द गरेको हो ।

यी दुबै मोटरसाइकलमा एउटै इन्जिन दिइएको थियो । निरन्तर बिक्री घट्दै गएको र कम्पनीले प्रिमियम मोटरसाइकलमा आफुलाई केन्द्रित गर्दा यी दुबै मोडलको उत्पादन बन्द गरेको हो ।

हिरोले आफ्नो प्रोडक्ट लाइनअपमा एक्सपल्स २१०, करिज्मा २५०, मार्भिक ४४० युएसडी फर्क, मार्भिक स्क्र्याम्बलर जस्ता मोडल चाँडै बिक्री सुरु गर्दैछ । यस्तोमा कम्पनीले आफ्नो लाइनअपमा रहेका एक्सपल्स २०० टी र एक्स्ट्रीम २०० एसको उत्पादन बन्द गरेको हो ।

करिब २ वर्ष अगाडिसम्म यी दुबै मोडल नेपाली बजारमा उपलब्ध थियो । हिरो मोटोकर्पको आधिकारीक डिलर सिजी मोटर्सले ल्याएसँगै यी दुबै मोडलको आयात गरेको थिएन ।


Back_to_top