हिरोको इलेक्ट्रीक अफरोड मोटरसाइकल चार दिनपछि सार्वजनिक हुने

काठमाडौं । इलेक्ट्रीक स्कुटरमा राम्रो ब्यापार गर्दै गरेको हिरो मोटोकर्प पहिलो इलेक्ट्रीक अफरोड बाइक ल्याउने भएको छ । कम्पनीले २०२५ मा भिडा ब्रान्ड अन्तर्गत अफरोड मोटरसाइकल ल्याउने भएको हो ।

हिरोले हालै सम्पन्न इक्मा अटो शो २०२४ मा प्रर्दशन गरेको कन्सेप्ट मोडलको भारतमा पेटेन्ट दर्ता गरेसँगै इलेक्ट्रीक मोटरसाइकल ल्याउने चर्चा सुरु भएको हो ।

हिराले मिलानमा लाइनक र एक्रो गरी दुई भेरियन्टमा एड्भेन्चर मोटरसाइकल देखाएको थियो । कम्पनीले मिलानमा देखाएको एक्रो किड्स डर्ट मोटरसाइकल हो ।

डर्ट डिजाइनमा भएको यो मोटरसाइकल भारतीय सडकमा लिगल नुहुने सम्भावना समेत रहेको छ । भिडा लाइनक मोटरसाइकलमा अपराइट ह्यान्डलबार, सेन्टर सेट फुटपेग, फ्ल्याट सिट दिइएको छ । यसमा स्पीडो मिटरको प्रयोग गरेको देखिदैन । कम्पनीले यसलाई डर्ट ओरियन्ट मोटरसाइकलको रुपमा ल्याउन लागेको सहजै अनुमान गर्न सकिन्छ ।

यो मोटरसाइकलमा एडजष्टेबल यूएसडी फर्क, मोनोशक सस्पेन्सन, रिमुभएवल ब्याट्री, मिड माउन्ट मोटर, बेल्ट ड्राइभ, अफरोड टायर प्रयोग गरिएको छ ।

सन् २०२५ को अन्त्यसम्ममा यो मोटरसाइकल बजारमा आउने बताइएको छ ।


Back_to_top