काठमाडौं । चिनियाँ ईभीको मूल्य घटाउने प्रतिस्पर्धामा ओमोडा पनि समावेस भएको छ । चेरीको न्यू इनर्जी ब्राण्ड ओमोडाले अन्तर्राष्ट्रिय बजारमा बिक्री बढाउने रणनीति अनुसार मूल्य कटौती गरेको हो ।
कम्पनीको मूल्य कटौती नेपालमा भने भएको होइन । चेरीले अष्ट्रेलियन बजारमा आफ्नो चर्चित मोडल ई-फाइभको मूल्य एकै पटक ६ हजार अष्ट्रेयिन डलरले घटाएको हो ।
यसअघि ३६ हजार ९ सय डलरमा बिक्री भइरहेको ओमोडा ई-फाइभको मूल्य ३० हजार डलर कायम भएको छ । अष्ट्रेलियन बजारमा बिक्री भइरहेको ओमोडा ई-फाइभमा १५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ ।
ओमोडाले ६१ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ४३० किलोमिटर रेन्ज दिन्छ । यसमा रहेको ब्याट्रीलाई ८० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले मात्रै ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्छ ।
ओमोडा ई-फाइभमा ५० वाटको वायरलेस चार्जिङ प्याड, ६ वटा सोनीको स्पीकर, १८ इन्चको अलोय ह्वील, १२.२५ इन्चको कनेक्टेड ड्यूल डिस्प्ले, सनरुफ, लेदरेट सिटकभर, २५६ कलरको एम्बीयन्ट लाइट, सुरक्षाको लागि ३६० डिग्री क्यामरा र एडास फिचर दिइएको छ । ओमोडा ई-फाइभमा अन्य ईभीमा भन्दा थप सुविधा स्पेयर टायर पनि दिएको छ ।