हिरोमाथि चोरीको आरोप लगाउदै होन्डाले हाल्यो मुद्दा

होन्डाले हिरो इलेक्ट्रीक माथि मुद्दा दायर गरेको छ । कम्पनीले हिरो इलेक्ट्रीकलाई डिजाइन चोरी गरेको आरोपमा मुद्दा हालेको हो ।

कम्पनीले हिरो इलेक्ट्रीक मोटरसाइकल ड्यासमा होन्डाको डिजाइन कपि गरेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा हालेको हो । कम्पनीले ड्यास इलेक्ट्रीमा फ्रन्ट तथा रियर लाइट तथा अगाडी भागमा रहेको कभरलाई दुरुस्तै बनाएको भन्दै यो स्कुटरको बिक्री तथा प्रवर्दन रोक्न माग गरिएको छ ।

कम्पनीले हाल यो स्कुटरको बिक्री भने सुरु गरेको छैन् । गत बर्ष भारतीय बजारमा सार्वजनिक भएको यो स्कुटरको मूल्य ६२ हजार भारतीय रुपैयाँ तोकिएको थियो । होन्डाले २९ मे २०२० मा अदालतमा मुद्दा दर्ता गराएको थियो भने हिरोलाई २ जुनमा हाजिर हुन भनिएको थियो । हिरोले ११ जुनमा अदालत आउने जानकारी दिएको बताइएको छ ।

यो स्कुटरमा २५० वाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ भने, ४८ भोल्टको व्याट्री प्याक रहेको छ । यसले ६० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।


Back_to_top