हिरो जुमको नयाँ भेरियन्ट नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । हिरो जुम ११० को नयाँ भर्सन सार्वजनिक भएको छ । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले जुम ११० को कमब्याट भेरियन्ट सार्वजनिक गरेको हो ।

कम्पनीले जुम ११० को कमब्याट भेरियन्टको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ तोकेको छ । जुम कमब्याट भेरियन्टको मूल्य रेगुलर जुमको तुलनामा ७ हजार रुपैयाँ धेरै हो । रेगुलर जुम ११० को मूल्य नेपाली बजारमा २ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको जुम ११० कमब्याट एक स्पेशल कलर अप्सनमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

हिरो जुम ११० जेडएक्स भेरियन्ट कमब्याट कलरमा आएको हो । कम्पनीले फाइटर जेट एयरक्राफ्टमा प्रयोग भएको म्याट स्याडो ग्रे कलर दिएर स्पेशल एडिशन ल्याएको हो ।

जुम ११० कमब्याटमा कम्पनीले कलरका अलावा अन्य कुनै परिर्वतन गरेको छैन । यसमा ११०.९ सीसी सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ८.२ हर्ष पावर र ८.७ एनएम टर्क जेनेरेट गर्छ ।

यो स्कुटरमा कर्नरिङ लाइट, डिजिटल डिस्प्ले, ब्लुटूथ कनेक्टिभिटी, कल तथा एसएमएस अर्लट जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top