काठमाडौं । बजारमा न्यून विक्रीको कारण उत्पादन बन्द गरिएको हिरो एक्सट्रीम २०० आरको नयाँ अपग्रेड भर्सन बजारमा आउने भएको छ ।
हालसालै हिरो मोटोकर्पले दर्ता गरेको एक्सट्रीम २०० आरको पेटेन्ट डिजाइन बाहिरिएको छ । पेटेन्ट डिजाइन बाहिरिएसँगै यो खबर भारतीय मिडियाहरूमा आएको हो ।
पेटेन्ट अनुसार एक्सट्रीम २०० आरको डिजाइन केही हदसम्म एक्सट्रीम १६० आरसँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ ।
कम्पनीले यो मोटरसाइकलमा एक्सट्रीम १६० आरको डिजाइन र नयाँ एक्सपल्स २०० टी को एगजस्ट प्रयोग गरेसँगै यसमा फोरभल्ब इन्जिन उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
यो इन्जिनले अधिक्तम १९ बीएच हर्सपावर र १७ एनएम टर्क उत्पादन गर्छ । भने यो मोटरसाइकलले बजारमा एनएस २०० र टीभीएस २०० सँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।
पुरानोको तुलनामा नयाँ एक्सट्रीममा अपस्केल हेडल्याम्प, फराकिलो ह्यान्डलबार हुने र रियर सेट फुट्पेग, साइड प्यानल, सिट साइज, फ्युल ट्याकंको डिजाइहरू पनि सबै परिवर्तन हुने अनुमान गर्न सकिन्छ ।
त्यसैगरी, यो मोटरसाइकलमा बक्स सेक्सन स्वीङआर्म, दुवै टायरमा डिस्कब्रेक, एबीएस, टेलिस्कोपिक फर्क र मोनोसक सस्पेन्सनसँगै १७ इन्चको अलोय ह्वील जस्ता फिचरहरू प्रयोग हुने अपेक्षा गर्न सकिन्छ ।


