हिरो एक्स्ट्रिम १२५ आरको नयाँ भेरियन्ट सार्वजनिक

काठमाडौं । स्पोर्टी कम्युटर मोटरसाइकल हिरो एक्स्ट्रीम १२५ आरको नयाँ भर्सन सार्वजनकि भएको छ । हिरो मोटोकर्पले भारतमा क्स्ट्रीम १२५ आरको सिंगल पिस सिट भर्सन ल्याएको हो ।

यसअघि एक्स्ट्रीम १२५ आरमा स्प्लीट डिजाइन सिटमा मात्रै उपलब्ध थियो । नयाँ भेरियन्टमा सिटका अलावा अन्य परिर्वतन गरिएको छैन ।

कम्युटर सेग्मेन्ट भएका कारण यसमा स्प्लीट डिजाइन सिट उपयुक्त हुन्छ । एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११.५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

हिरो मोटोकर्पले यसमा डाइमन्ड फ्रेम, डीआरएल, स्प्लीट सीट, स्प्लीट ग्रयाबरेल, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा शोवा प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ ।

ब्रेकिङका लागि नयाँ एक्स्ट्रीम १२५ आरमा भेरियन्ट अनुसार अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक उपलब्ध छ । कम्पनीले सीबीएस र सिंगल च्यानल एबीएस यो मोटरसाइकलमा उपलब्ध गराएको छ ।

हिरो मोटोकर्पको उत्पादन एक्स्ट्रीम १२५ आरका दुई भेरियन्ट नेपाली बजारमा बिक्री हुँदै आएको छ ।

कम्पनीले एक्स्ट्रीम १२५ आरलाई सीबीएस र एबीएस भर्सन उपलब्ध गराएको छ । सीबीएस भर्सनको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र एबीएस भर्सनको मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

हिरो क्स्ट्रीम १२५ आर मोडलले १२५ सीसी सेग्मेन्टमा टीभीएस रेडर १२५ र पल्सर १२५ सँग सिधा प्रतिस्पर्धा गर्दै आएको छ ।


Back_to_top