हिरो एक्सट्रीम १६०आर लाइनअपको नयाँ मोटरसाइकल सार्वजनिक

काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता हिरो मोटोकर्पले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा हिरो एक्सट्रीम १६०आर ४ भीको नयाँ टप इन्ड भेरियन्ट सार्वजनिक गरेको हो ।

कम्पनीले यस मोटरसाइकलको मूल्य १ लाख ३४ हजार १०० भारतीय रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

हिरोले आफ्नो आधिकारिक वेबसाइटमा यो नयाँ भेरियन्टलाई ‘एक्सट्रीम १६०आर ४भी क्रूज कन्ट्रोल’ नाम दिएको छ। यो भेरियन्ट एक्सट्रीम १६० आर लाइनअपमा सबैभन्दा धेरै सुविधा सम्पन्न भएको भेरियन्ट हो।

निकै स्लिक र शार्प लुक्समा देखिएको नयाँ भेरियन्ट एक्स्ट्रीम १६० आरमा हिरो एक्सट्रीम २५०आरबाट इन्स्पायर बढी डिजाइन रआक्रामक देखिने हेडलाइट सेटअप दिइएको छ।

नयाँ भेरियन्ट एक्स्ट्रीम १६० आर ४ कलर अप्सनमा बजारमा उपलब्ध भएको छ । यो भेरियन्टमा नयाँ कलरफुल एलसीडी कन्सोल, पूरा एलईडी लाइट सेटअप, राइड बाइ वायर थ्रोटलका साथै क्रुज कन्ट्रोल र राइडिङ मोडहरू पाउन सकिन्छ ।

त्यसैगरी, यसमा इन्भर्टेड फोर्क र मोनोशक सस्पेन्सन सेटअप, ट्युबलेस टायर सहित १७ इन्च अलोय ह्वील, ब्रेकिङमा अगाडि पछाडि नै डिस्कब्रेक र डबल च्यानल एबीएस रहेको छ ।

नयाँ क्रुज कन्ट्रोल भेरियन्टमा उही पहिलेकै समान १६३.२ सीसीको सिंगल सिलिण्डर, एयर र आयल कुल्ड इन्जिन छ । यस इन्जिनले अधिकतम १६.९ पीएस पावर र १४.६ एनएमको टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स पाइन्छ ।


Back_to_top