काठमाडौं । होन्डा कम्पनीले अगामी जुलाईमा दमदार मोडल अफ्रिका ‘ट्वीन’ सार्वजनिक गर्ने घोषणा गरेको छ । होण्डाले अन्य कम्पनीद्वारा उत्पादित बाइकको तुलनामा ‘अफ्रिका ट्वीन’मा उत्कृष्ट विशेषता भएको जनाउँदै जुलाईमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।
अफ्रिका ट्वीनमा ९९८ सीसी इञ्जिन क्षमता दिइएको छ । यसले ९४ एचपी पावरमा ९८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसको साथै यसमा ६ स्पीड गियर बक्स दिइएको छ भने एन्टीलक ब्रेकिङ सिस्टम यो बाइकको अर्काे विशेषता हो ।
यसमा ट्याक्सन कन्ट्रोल सिस्टम दिइएको कम्पनीले जनाएको छ । कम्पनीले यसको बिक्री मूल्य १३ लाख ८० हजार भारतीय रूपैयाँ निर्धारण गरेको छ । नेपालमा चढ्न चाहने उपभोक्ताले भने केही समय कुर्नु पर्ने छ ।