शासकको सवारीः विश्वकै शक्तिशाली व्यक्तिको रोजाइमा कुन कार ?

काठमाडौं । विश्वकै शक्तिशाली व्यक्ति तथा चिनियाँ राष्ट्रपति सी जिङ पिङले कस्तो गाडी चढ्छन् भन्ने सबैमा चासो हुनु स्वाभाविक नै हो । 

मंगलबार विश्वकै प्रतिष्ठित म्यागाजिन फोब्सले विश्वका शक्तिशाली व्याक्तिको सूची सार्वजनिक गरेको छ । जसमा यसपटक चिनियाँ राष्ट्रपति सी पहिलो नम्बरमा दरिएका छन् । यसअघि रसिया राष्ट्रपति भ्लादीमिर पुटिन पहिलो नम्बरमा रहेका थिए । 

विश्वका अन्य देशका प्रधानमन्त्री तथा राष्ट्रपतिहरूले अन्य देशमा उत्पादन भएका गाडी बढीमात्रामा प्रयोग गर्ने गरेका छन् । तर, चिनियाँ राष्ट्रपति सी जिङ पिङले भने चीनमा नै उत्पादन भएको ‘होङ्सी लिमोजिन एचक्यूई’ ब्रान्डको गाडी प्रयोग गर्ने गरेका छन । चिनियाँ राष्ट्रपतिले चढ्ने गाडीलाई कुनै पनि बम तथा गोली आक्रमणबाट सुरक्षित राख्दछ ।

चीनमा सबैभन्दा महंगो गाडी रहेको छ । उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्दछ । ३ हजार १ सय ५२ केजीसम्म सजिलै बोक्न सक्ने क्षमता गाडीमा रहेको छ । 

उनले उक्त ब्रान्डको एचक्यूई मोडलको प्रयोग गर्ने गरेका छन् । राष्ट्रपतिले चढ्ने नयाँ भर्सन फेरि चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ । 

चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार नयाँ आउन लागेका गाडीमा रोयल्स रोयसको ह्वील रहेको छ । उक्त गाडी गाडी विश्वकै महंगो गाडी हो । गाडीको ह्वीलवेस ३९०० एमएम रहेको छ । लम्बाई ६३९५ एमएम लम्बाई तथा २००४ एमएम चौडाई र १७२० एमएम उचाई गाडीको रहेको छ । 

हङकङ, रेड चीनको प्रतीक हुँदा, क्रिसलर, अडी, लिंकन र टोयोटासहित विदेशी ब्रान्डको मिश्रणमा उक्त लक्जरी गाडी तयार गरिएको हो । गाडीमा गोली तथा बम आक्रमणमा समेत गाडी सुरक्षित रहन्छ । 

गाडीमा भी–१२ ६.० लिटर इञ्जिन भने ५६०० आरएमपी रहेको छ । गाडी उत्पादक कम्पनीले २ वर्ष लगाएर उत्पादन गरेको हो । हाल उक्त गाडी १७ थानमात्रै रहेका छन् । चीनमा सन् २०१० देखि होङ्सी लिमोजिन ब्रान्डको गाडी उत्पादन थालेको थियो । 


Back_to_top