रोल्स रोयसले ल्यायो ‘कुलिनन्’ लग्जरी एसयुभी, भिडियोमा हेर्नुस्

काठमाडौं । बेलायती कार निर्माता कम्पनी रोल्स रोयसले ४ बर्ष अगाडिदेखि ल्याउने भनेको विश्वकै सबैभन्दा लग्जरी एसयुभी ‘कुलिनन्’को सार्वजनिक गरेको छ । 

यो एसयुभी अहिलेसम्मकै सबैभन्दा लग्जरी र सबैभन्दा पावरफुल रहेको कम्पनीले जनाएको छ । यस एसयुभीमा ६.७५ लिटर बी१२ पेट्रोल इन्जिन दिइएको छ । यस इन्जिनले ५७१ पिएस पावर र ८५० एनएम टर्क जेनेरेट गर्छ । 

यो एसयुभी कच्चीबाटोको लागिसमेत अत्यन्तै उपयोगी बनाउन कम्पनीले इलेक्ट्रीक कन्ट्रोल सक अब्जर्बर सिस्टम जडान गरिएको जनाएको छ । 

यो एसयुभी फैटम आल्मुनियम प्ल्याटफर्ममा बनाइएको हो । ट्रेडिस्नल ग्रिल र ठूलो आयातकार हेड ल्याम्पले यस गाडीलाई विशेष बनाएको छ । 

अन्य फिचर्सहरु

यस प्रिमियम एसयुभीमा दिइएको ड्यासबोर्ड निकै आकर्षक रहेको छ भने, सेन्ट्रल कन्सोल र ठोकमा दिइएको बुड फिनिसिङले यसलाई निकै आर्कषक बनाएको छ । यस यसयुभीमा लगाइएकाे सबै इन्सटुमेन्टहरु डिजिटल रहेका छन् । 

ड्राइभर एसिस्टेन्स, नाइट विजन, भिजन एसिस्ट, एक्टीभ क्रुज कन्ट्रोल, कोलिजन वार्निङ, दुर्घटना ट्राफिक वार्निङजस्ता फिचर्स दिइएको छ । निकै ठुलो बुट स्पेश दिइएको यो एसयुसभीमा ५ जनाले आरामदायी यात्रा गर्न सक्ने छन् । 

यस एसयुभीको मूल्य ३ लाख २५ हजार डलर तोकिएको छ । 


Back_to_top