सनरुफसहित २२ दिनपछि बजारमा आउँदै होन्डा अमेज

काठमाडौं । होन्डाले भारतमा उत्पादन गर्ने इन्ट्री लेभल सेडान कार अमेजको फेसलिफ्ट मोडल बजारमा ल्याउने भएको छ । आगामी अगष्ट १७ तारिखमा सार्वजनिक हुने अमेजमा थुप्रै परिमार्जन पाउन सकिने भएको हो ।

यसको बाहिरी डिजाइनमा भने सामान्य परिमार्जन मात्रै गरिएको छ । हेडल्याम्प र फ्रन्ट ग्रिल रिडिजाइन गरिएको छ भने ड्यासबोर्ड र सिट उस्तै प्रयोग भएको छ । पहिले पटक होन्डाले अमेजमा सनरुफ फिचर थप गर्न लागेको छ भने इन्फोटेन्टमेन्ट सिस्टम परिमार्जन गर्न लागेको छ ।

होन्डाले अमेजमा रहेको इन्जिनमा भने कुनै परिमार्जन गर्ने छैन । यसमा १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध रहने छ । यसमा रहेको पेट्रोल इन्जिनले अधिकतम ९० पीएस पावर र ११० एनएम टर्क प्रदान गर्छ भने १.५ लिटर डिजेल इन्जिनले १०० पीएस पावर र २०० एनएम टर्क प्रदान गर्छ ।

होन्डा अमेज नेपाली बजारमा पनि उपलब्ध सेडान हो । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले विक्री गर्दै आएको अमेजको सुरुवाती मूल्य ३५ लाख ११ हजारदेखि टप भेरियन्ट ४८ लाख १८ हजार रुपैयाँसम्म रहेको छ । नयाँ फेसलिफ्ट अमेजपनि चाँडै नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top