सीबी १९० टीआर ल्याउँदै होण्डा

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले होन्डा सीबी १९० टीआर मोटरसाइकलको पेटेन्ट दर्ता गराएको छ । कम्पनीले निओ रेट्रो डिजाइनमा सीबी १९० टीआर ल्याउने भएको हो ।

कम्पनीले होन्डा हर्नेट २.० मा भएको इन्जिन तथा केही कम्पोनेन्टको प्रयोग गरेर सीबी १९० टीआर ल्याउने भएको हो ।

होण्डा सीबी १९० टीआर मोटरसाइकलले टीभीएस रोनिनसँग प्रसिस्पर्धा गर्नेछ । यो मोटरसाइकल सीबी ३०० आरबाट प्रभाबित डिजाइनमा आउने छ भने, २०२५ को फेस्टिभ सिजनमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

सीबी १९० टीआरमा १८४ सीसी सिंगल सिलिन्डर एयर–कुल्ड इन्जिन प्रयोग हुनेछ । यसले १६.७ बीएच पावर तथा १५.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान हुनेछ भने यसमा स्लिपर एसिस्ट क्लच उपलब्ध हुनेछ ।

निओ रेट्रो डिजाइन मोटरसाइकलमा हर्नेटमा भएको ब्रेक र यूएसडी फर्क सस्पेन्सन प्रयोग गरिने छ । दुवै मोटरसाइकलमा १२ लिटरको इन्धन ट्याङ्क हुनेछ । यसमा राउण्ड सेप एलईडी हेडल्याम्प, सिंगल पिस सिट, डबल च्यानल एबीएस, स्मार्ट कनेन्ट फिचर जस्ता फिचर उपलब्ध हुनेछ ।


Back_to_top