काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले निषेधाज्ञा चलिरहेको बेलामा ल्याएको ‘हाइनेश सिबी ३५० डिलक्स’ सोल्ड आउट भएको छ । बजारमा आउने वित्तिकै यसको मूल्यलाई लिएर विभिन्न टिका टिप्पणी भएपनि यसको विक्रीले यसलाई गलत सावित गरिदिएको छ । कम्पनीले यसको मूल्य ७ लाख ५० हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।
नेपाली बजारमा सार्वजनिक भएको ४ साता भित्रै यो मोटरसाइकल सोल्ड आउट भएको हो । ग्राहकले निकै मनपराएको यो मोटरसाइकल अब बुकिङ गर्ने ग्राहकले अगस्टसम्म कुर्नु पर्ने स्याकार ट्रेडिङले जनाएको छ ।
आकर्षक रेट्रो लुक्समा आएको ३५० सीसी क्षमताको यो मोटरसाइकलमा निकै मोर्डन फिचर्स प्रयोग भएको छ । आधुनिक फिचर रहेकै कारण सबै उमेर समूहका बाइकरहरुको माझ लोकप्रिय बन्न सफल भएको स्याकार ट्रेडिङले जनाएको छ ।
यस मोटरसाइकलमा ३५० सीसी क्षमताको ओएचसी सिंगल सिलिण्डर एफआई इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा २१.०७ पीएस पावर र ३००० आरपीएममा ३० एनएम टर्क प्रदान गर्छ ।
मोटरसाइकलमा उपलब्ध रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू इम्पीटी सूचित गर्ने डिजिटल कन्सोल, रिङ्ग टाइप विंकर सहितको एलइडी हेडल्याम्प र टेलल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच, डिजिटल मिटर उपलब्ध रहेका छन् ।


