होन्डा सिटी ह्याचव्याक सार्वजनिक, सानो इन्जिन धेरै पावर मुख्य आकर्षण

काठमाडौं । जापनीज कार निर्माता कम्पनी होन्डाले आफ्नो चर्चित कम्प्याक्ट सेडान सिटीलाई अब ह्याचव्याक मोडलमा बजारमा उतारेको छ । कम्पनीले एसियाली बजारमा आफ्नो पुरानो ह्याचव्याक ज्याजलाई प्रतिस्थापन गर्ने छ ।

होन्डाले नयाँ ह्याचव्याक सिटीलाई थाइल्याण्डमा लन्च गरेको छ, यो मोडल अब एशियन मार्केटमा छिटै आउने अनुमान सुरु भएको छ ।

होन्डाले थाइल्याण्डमा सिटी ह्याचव्याकलाई तीन भेरियन्टमा उपलब्ध गराएको छ । होन्डाले नयाँ टर्बो चार्ज्ड १.० लिटरमा आधारित सिटी एस प्लस, एसभी तथा आरएस मोडलमा उपलब्ध रहेको छ । यो इन्जिन १.० लिटर क्षमताको इन्जिन भएपनि यसले १२० बीएच पावर तथा १७३ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको म्यानुअल तथा सीभीटी गियरबक्स उपलब्ध रहेको छ ।

टर्बो इन्जिनयुक्त ह्याचव्याक सिटी थाइल्याण्डमा मात्रै बिक्री गर्ने सम्भावना धेरै रहेको छ । अन्य देशमा १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा यसलाई बिक्री गर्ने संभावना धेरै रहेको छ ।

१६ इन्चको अलोय ह्वील, एलइडीको हेडल्याम्प, डेटाइम रनिङ्ग लाइट तथा टेलल्याम्प यसमा रहेको छ । स्मार्ट कि–सिस्टम, पुसबटम स्टार्ट, अटोमेटिक एसी, डिजिटल डिस्प्ले स्कृन, क्रुज कन्ट्रोल जस्ता आधुनिक फिचरले सुसज्जित सिटी ह्याचव्याक धेरैको रोजाईमा पर्ने होन्डाले विश्वास लिएको जनाएको छ ।

यसमा ८ इन्चको टचस्कृन इन्फोसिस्टम, ८ वटा स्पीकर, मल्टीयाङ्गल कार पार्किङ क्यामरा, ६ वटा एयरव्याग, स्पीड सेन्सर अटो डोर लक, भेहिकल स्टाबेलीटी असिस्ट, हिल स्टार्ट असिस्ट, प्याडल सिट फङ्सन आदिले यस कारलाई अत्याधुनिक बनाएको छ ।


Back_to_top