भारतीय इलेक्ट्रीक स्कुटर नेपालमा बिक्री सुरु, केहि दिन भित्रै किन्नेलाई विशेष छुट

काठमाडौ । भारतीय इलेक्ट्रीक स्कुटर ई-प्लुटो ७ जी नेपालमा बिक्री सुरू भएको छ । प्योर इभी इन्डियाको उत्पादन नेपाली बजारमा ह्वाइट लोटस मोटर्स नेपालले ल्याएको हो ।

प्योर ईभीको ई-प्लुटो ७ जीमा ६० भोेल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक रहेको छ । ई-प्लुटो ७ जीको उच्च गति ६० किलोमिटर प्रतिघण्टा रहेकोे छ । साथै, नेपाली बजारमा यो स्कुटर १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सनमा बिक्री भइरहेको छ । यसमा रहेको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा १०० किमिटर चलाउन सकिन्छ ।

यसका साथै यसमा ब्रेकिङ गर्दा व्याट्री रिर्चाज हुने ‘रिजेनेरेटीभ सिस्टम’ समेत रहेको छ । यो स्कुटरको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ । यसमा ४ इन्चको एलइडी डिस्प्ले दिइएको छ । यस्तै यसका सबै लाइटहरु एलइडी रहेको छ । यस्तै यसमा एन्टी थेप्ट लकिङ सिस्टम समेत रहेको छ ।

कम्पनीले इट्रान्स निओ र इट्रोन इलेक्ट्रीक साइकल समेत बिक्री गरिरहेको छ । इट्रान्स निओको मूल्य २ लाख २९ हजार र इट्रोनको मूल्य २ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले ई-प्लुटो ७ जीको मूल्य २ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीका अनुसार केहि समयका लागि १५ हजार नगद छुट दिनेसमेत जनाएको छ ।


Back_to_top