‘हर एक नेपालीलाई १ रुपैयाँमा होन्डा’ किन्न अफर

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले दशैंलाई लक्षित गर्दै ‘हर एक नेपालीलाई १ रुपैयाँमा होन्डा’ नामक अफर ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले होन्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्नेछन् । यो योजना असोज ११ गतेदेखि छठसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यस योजना अनुसार स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा फाइनान्स योजनामै ग्राहकले आकर्षक नगद उपहारका साथै अन्य सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत खरिदकर्ताले होन्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङ, स्पेयर पार्टस्मा ७ ५ छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै होन्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट पाउनेछन् ।

कोभिड १९ बाट सृजित विषम परिस्थितिलाई मध्यनजर गर्दै दशैंको अवसरमा नेपाली माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याइएको होन्डाले जनाएको छ ।


Back_to_top