यही महिना होन्डा एक्टिभाको इलेक्ट्रीक भर्सन सार्वजनिक हुँदै!

काडठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले नयाँ मोडल बजारमा ल्याउने भएसँगै इलेक्ट्रीक स्कुटर हुने चर्चा चुलिएको छ । कम्पनीले भारतीय मिडियालाई २३ जनवरीको लागि इन्भिटेसन पठाएको हो ।

उक्त इन्भिटेसनमा लेखिएको छ ‘गेट रेडि टू फाइन्ड अ न्यू स्मार्ट’ नयाँ स्मार्टका लागि तयार हुनुहोस् । योसँगै भारतीय मिडियाले होन्डा इन्डियाले इलेक्ट्रीक स्कुटर हुन सक्ने अनुमान लगाउन थालेको छन् ।

केही समय अघि मात्रै होन्डाले २०२५ सम्ममा १० मोडलका इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ल्याउने योजना सार्वजनिक गरेको थियो । यसका आधारमा कम्पनीले आफ्नो सर्वाधिक सफल स्कुटर एक्टिभाको इलेक्ट्रीक भर्सन भारतमा सार्वजनिक गर्न लागेको अनुमान धेरैको छ ।

कम्पनीले केही समय अघि मात्रै बैग्लोरमा मेट्रो रेल कर्पोरेशनसँग सहकार्य गरेर ब्याट्री स्वाप केन्दको स्थापना गर्ने घोषणा गरिसकेको छ । कम्पनीले पहिलो चरणमा तीनपांग्रे सवारी साधनका यसको प्रयोग गर्ने पछि होन्डाको दुईपांग्रेमा समेत प्रयोग गरिने कम्पनीले बताएको छ ।

यसका अलावा कम्पनीले एच स्मार्टको नाममा केहि समय अगाडि मात्र टेड्रमार्कका लागि निवेदन दिएको थियो । कपनीले एच स्मार्ट नाममा दुईपाग्रे सवारी साधनका लागि एन्टि थेफ्ट अलार्म बनाउने बताएको थियो ।

होन्डाले एक्टिभाको इलेक्ट्रीक भर्सनले टीभीएस आइक्यूब र बजाज चेतक जस्ता इलेक्ट्रीक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

होन्डाले कुन मोडल सार्वजनिक गर्नेछ भन्ने कुराको यकिन जानकारी भने बाहिर ल्याएको छैन् । कम्पनीले इलेक्ट्रीक मोडल सार्वजनिक गर्छ वा अन्य कुनै नयाँ मोडल ल्याउँछ भनेर जनवरी २३ सम्म कुर्नु पर्ने हुन्छ ।


Back_to_top