आज सार्वजनिक हुँदै होन्डा ज्याज, फेसलिफ्ट भर्सनमा के छ नयाँ ?

होन्डाले आफ्नो लोकप्रिय सबैभन्दा सानो कार ज्याजको फेसलिफ्ट मोडल आज अर्थात् जुलाई १९ मा भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । 

पछिल्ला दिनमा कम्पनीहरूले नयाँ कार बजारमा सार्वजनिक गर्ने होडबाजी गरिरहेको बेलामा नै होन्डाले ज्याजको फेसलिफ्ट बजारमा ल्याएको हो । सन् २०१४मा कम्पनीले ज्याज ह्याचब्याकलाई बजारमा ल्याएको थियो । यो होन्डाको इन्ट्रीलेभलको निकै चर्चित कारमा पर्छ । 

नेपाली बजारमा समेत बिक्री–वितरण भइरहेको ज्याजको फेसलिफ्ट भर्सन युरोप र अमेरिकामा कम्पनीले २०१७ मा नै सार्वजनिक गरेको थियो । यो अपग्रेड भर्सनको ज्याज अबको केही महिनामा नै आउनेछ । 

कम्पनीले नयाँ ज्याजमा नयाँ ग्रिल, हेडल्याम्प, बम्पर र एईडी डीएलआरमा परिवर्तन गरेको छ । 

नयाँ ज्याजमा एप्पल कारप्ले, र एन्ड्रोइड अटोको साथै सात इञ्चको टचस्क्रिन इफोटेन्टमेन्ट सिस्टम रहनेछ । यसमा दिइएको सिटलाई समेत कम्पनीले परिवर्तन गरेको छ । तर, कम्पनीले यसको इञ्जिनमा भने कुनै परिवर्तन गरेको छैन । 

कम्पनीले ज्याजलाई १.२ लिटर आई–भीटीइसी पेट्रोल इञ्जिन र १.५ लिटर आई–डीटीईसी डिजेल इञ्जिन दिएको छ । पेट्रोल इञ्जिनले ८७ बीएचपी पावर र ११० एनएम टर्क उत्पादन गर्छ भने डिजेल इञ्जिनले ९८ बीएचपी पावर २०० एनएम टर्क उत्पादन गर्छ । पेट्रोल इञ्जिनमा ५ स्पीड मेन्यूल गियर र डिजेलमा ६ स्पीड म्यानूअल गियर बक्स दिइएको छ । 

सुरक्षालाई विशेष महत्व दिइएको ज्याजमा एबीएस, इबीडी, लेदरर्याप्ड इस्टेरिङ ह्वीलजस्ता फिचर दिइएको छ । 

नयाँ फेसलिफ्ट ज्याज भारतीय बजारमा सार्वजनिक भएको केही समयपछि नेपाली बजारमा आउने स्याकार कम्पनीले जनाएको छ ।


Back_to_top