पछिल्ला दिनमा कम्पनीहरुले नयाँ कार बजारमा सार्वजनिक दौड सुरु भएको छ । यहि दौडमा होन्डाले ज्याजको फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । जुलाई महिनामा भारतीय बजारमा सार्वजनिक हुने ज्याज सन् २०१४ बाट बजारमा रहेको छ ।
नेपाली बजारमा समेत बिक्री वितरण भइरहेको ज्याजको फेसलिफ्ट भर्सन युरोप र अमेरिकामा कम्पनीले २०१७ मा नै सार्वजनिक गरेको थियो । यो अपग्रेड भर्सनको ज्याज नेपाली बजारमा समेत चाँडै आउने अनुमान गरिएको छ ।
नयाँ ज्याजमा नयाँ ग्रिल, हेडल्याम्प, बम्पर र एइडी डिएलआरमा परिर्वतन गरिएको छ ।
नयाँ ज्याजमा एप्पल कारप्ले, र एन्ड्रोइड अटोको साथै टचस्कृन इफोटेन्टमेन्ट सिस्टम रहने छ । यसमा दिइएको सिटलाई समेत कम्पनीले परिर्वतन गरेको छ । तर, कम्पनीले यसको इन्जिनमा भने कुनै परिर्वतन गरेको छैन ।
नयाँ फेसलिफ्ट ज्याज भारतीय बजारमा सार्वजनिक भएको केही समयपछि नेपाली बजारमा आउने स्याकार कम्पनीले जनाएको छ ।