ट्याक्सी चालकले ठग्न खोजे तुरुन्तै यो नम्बरमा कल गर्नुस्

काठमाडौं । ट्याक्सी चढ्नु भन्दा पहिलानै आफु पुग्ने गन्तव्य र लाग्ने शुल्क निर्धारण गर्नुपर्ने सायदै नेपालमै मात्र होला । ट्याक्सी चालकले नयाँ मान्छे देखेभने बिभिन्न बहाना बनाएर दोहोरो शुल्क लिने भनेको ठाउँसम्म जान नमान्ने मिटरमा जानसमेत मान्दैनन् । अब यस्ता ट्याक्सी चालकलाइ कारवाहि हुने भएको छ ।  

ट्याक्सी चाललकले यात्रुसँग जथाभावी रकम असुल्ली गरेको गुनासो आएपछि  विभागले नयाँ काम कदम चालेको हो।

विभागले जथाभावी शुल्क लिने, मिटरमा जान नमानेमा वा आलटाल गर्ने ट्याक्सीको विवरणसहित सूचना दिन मिल्ने गरी मोबाइल नम्बर सार्वजनीक गराएको हो ।

विभागले उपलब्ध गराएको ९८५१२७३२२२ नम्बरमा फोन गरेर वा एसएमएस गरेर जथाभावी शुल्क लिने, आलटाल गर्ने ट्याक्सीको विवरण दिने सकिने जनाएको छ । विभागले सेवा ग्राहीले दिएको उजुरीकै आधारमा ट्याक्सी चालकलाई कारबाही समेत गर्ने भएको छ ।


Back_to_top