काठमाडौं । निकोला टेस्लाले झण्डै १०० वर्ष अगाडि विकास गरेको इन्डक्सन मोटरको प्रयोग गरि बनाइएको टेस्ला मोटर्स एक इलेक्ट्रीक कार कम्पनी हो । अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता टेस्लाको पहिलो मास मार्केटमा धावाबोल्नको लागि तयार पारिएको मोडल थ्रीको उत्पादन प्रत्येक हप्ता ५ हजार युनिट पुगेको छ ।
एड्भान्स हाइटेक फिचरहरुले भरिपूर्ण रहेको यो कार चड्नको लागि २ लाख ४० हजार जना पर्खिरहेका छन् । यसको मूल्य ३५ हजारदेखि ५७ हजार ५ सय डलरसम्म रहेको छ ।
यो कारले एकपटकको फूल चार्जमा ५०० किमीको माइलेज दिने कम्पनीले जनाएको छ । मोडल थ्री अल ह्वील ड्राइभ अप्सनमा पनि चाँडैनै बजारमा आउदै छ जसको मूल्य ७८ हजार डलर पर्ने जनाइएको छ ।
नेपाली बजारमा टेस्ला छिटै आउने सम्भाबना नरहे पनि यहाँ इलेक्ट्रिक गाडीहरु केही मात्रामा गुडिरहेका छन् । र, केही समुहले नेपालमा फेसबुक पेज बनाएर टेस्लाको प्रचार–प्रसार गरिरहेको छ ।
हालै बिजनेस इनसाइडरले मोडल थ्रीको टप भेरिएन्टको न्युयोर्क सहरमा टेष्ट ड्राइभ गरेको थियो । उक्त साइटका अनुसार यसमा निकै कुल फिचरहरु रहेका छन् जसलाई यहाँ प्रस्तुत गरिएको छ ।
१. मोडल थ्रीको इन्टेरियर एकदमै सिम्पल र सफा खालको छ । यसमा बटम तथा सुइचहरु केहिपनि छैन । मात्र बिच भागमा १५ इन्चको टचस्कृन डिस्प्ले छ जसम सम्पूर्ण फङ्सनहरुको कमाण्ड कि रहेको छ । र यो तपाई हाम्रो स्मार्ट फोन जस्तो सजिलै अपग्रेड गर्न सकिन्छ ।
२. कारको प्राय सबै कन्ट्रोल १५ इन्चको विसाल टचस्कृन इन्फोटेन्मेन्ट सिस्टमबाट संचालन गर्न सकिन्छ । यो नै कारको ब्रेन हो । यसले प्रायः कारको ड्यास बोर्डमा हुने इन्स्ट्रुमेण्टको भिडभाडलाई विस्थापित गरेको छ ।
३. यसमा एक मोडल एफएम र इन्टरनेट स्ट्रिमिङ रेडियो पनि दिईएको छ जुन टेस्लाले आफै विकाश गरेको हो । कार निर्माताले गरेको यो इनोभेसन अचम्म खालको सुनिन्छ ।
४.कारमा कुनै पनि बटन र सुइचहरु नभएकोले स्टेरिङमा दुईवटा स्क्रोल सुइच दिईएको छ, जसको सहायताले भोलुम अप डाउन गर्नेदेखि साईड मिरर मिलाउनेसम्मको कार्य गर्छ ।
५. यसमा रहेको १५ इन्चको स्क्रिनमा रिभर्स गियर लगाउँदा पछाडिको दृष्य एकदमै राम्रो स्पष्ट तथा ठूलो देखिन्छ, जसका सहायताले कार रिभर्स गर्न एकदम सजिलो हुन्छ ।
६. टेस्लामा रहेको अटो पाइलट फिचर एकदमै आधुनिक क्रुजकन्ट्रोल सिस्टम हो । यो फिचर अन गरेपछि कारमा रहेको सिस्टमले एक्सिलेटर, ब्रेक तथा स्टेरिङ सबै कन्ट्रोल गर्छ, यसको मतलव चालकले केही गर्नु पर्दैन ।
यो फिचरले एक्सप्रेस हाईवेमा राम्रोसँग काम गर्छ । कम्पनीले यो फिचरले पूर्णतया काम गरेता पनि स्टेरिङबाट हातचाहिँ नहटाउन साथै बाटोमै ध्यानदिई रेडी पोजिसनमा बस्नु पर्ने भनेको छ ।
७. यसमा एसीको लागि ड्यासबोर्डमा देखिनेगरी कुनै प्वालहरु राखिएको छैन । एसीबाट कारभित्र फ्लो हुने हावाको लागि ड्यासबोर्डको भित्रपटीबाट लामो खालको ग्याप बनाईएको छ, जसले कारको इन्टेरिएर एकदमै आर्कषक देखिएको छ ।
८. कारमा एसीको भेन्ट कन्ट्रोल पनि डिजिटल रहेको छ । एसी भेन्टलाई ड्यासबोर्ड भित्र लुकाएकोले टचस्क्रिनबाट नै कन्ट्रोल गर्नु पर्ने हुन्छ ।
९. यो कार स्टार्ट गर्न कार–कि वा कुनै पुस बटन दिइएको छैन । यसलाइ मोवाईल एपबाट संचालन गर्नुपर्छ । सो एपको सहायताले टाढैबाट कार भित्रका अन्य फङ्सन पनि चलाउन सकिन्छ ।
१०. कुनै इमर्जेन्सी तथा होटलमा भ्याले पार्किङको लागि कम्पनीले विषेश प्रकारको एटिएम कार्ड जस्तो कार्ड कि प्रदान गर्छ । तर कारमा यो कार्ड छिराउने कूनै ठाँउ भने हुदैन । यो कारमा एक्सेस गर्न कारको अगाडि र पछाडिको झ्यालको बिचमा रहेको बि पिल्लरमा ट्याप गर्नु पर्छ र ढोका अनलक हुन्छ । स्टार्ट गर्नको लागि फेरि सेन्टर कन्सोलमा ट्याप गर्नु पर्छ ।
११. यसमा बिल्डइन चार्जिङ डक दिइएको छ । कार चालकले आफ्नो मोवाइल चार्ज गर्नको लागि अन्य कारहरुमा जस्तो तार जोडिरहनु पर्दैन । यसमा एप्पल र एन्ड्रोइड दुबै प्रकारका स्मार्ट फोनको चार्जिङ डक राखिएको छ ।
१२. यसमा ग्लास रुफको प्रयोग गरिएको छ । जसबाट कारमा यात्रा गर्दा बाहिरी दृष्य एकदम राम्रोसँग पूरा हेर्न सकिन्छ ।
यस बाहेक कारमा अन्य धेरै प्रकारका फिचरहरु रहेका छन् । यसलाई ग्यारेजमा राख्दा अटोपाइलटको सहायताले चालक बिनै साँघुरो ग्यारेजमा पनि सजिलै पार्किङ्ग गर्न सकिन्छ । बिद्युतको माग कम रहेको बेलामा चार्जगर्न सेडिउल चार्जिङको फिचरसमेत रहेको छ । कारमा रहेको डोर ह्याण्डल पनि भित्र लुकाइएको छ, जसलाई पुस गरेपछि मात्र बाहिर निस्कन्छ ।
यसमा रहेको नेभिगेसन सिस्टम भोइस कन्ट्रोल तथा इन्ट्री गरेर दुबै तरिकाले संचालन गर्न सकिन्छ । कारमा फन्ट ग्रिल राखिएको छैन, जसले गर्दा यसलाइ फूल्ली एरोडाइनामिक्स बनाउँछ ।