काठमाडौं । स्याकार ट्रेडिङले नयाँ वर्ष २०८० को अवसर पारेर ‘होन्डा न्यू इयर २०८० स्कीम’ सार्वजनिक गरेको छ । कम्पनीले अहिलेको चर्को व्याजदर चलिरहेको समयमा ग्राहकलाई ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने स्कीम ल्याएको हो ।
स्याकार ट्रेडिङले ४० प्रतिशत डाउन पेमेन्टमा पनि गाडी दिने जनाएको छ । थोरै डाउन पेमेन्ट र कम ब्याजदरसँगै आकर्षक नगद छुट र एक वर्षको बीमा पनि दिने छ । साथै, यो स्कीममा होन्डाका कार किन्ने ग्राहकले १ वर्षको सवारी करसमेत तिर्नु पर्ने छैन ।
होन्डाले नयाँ वर्ष स्कीममा गाडी किन्ने ग्राहकलाई तीन वर्षसम्म निःशुल्क सर्भिस उपलब्ध गराउने जनाएको छ । गत ९ अप्रिलबाट लागु भएको यो स्कीम आगामी मे १४ तारिखसम्म संचालन हुनेछ ।
कम्पनीले कम्प्याक सेडान अमेज, पाँचौ जेनेरेशन प्रिमियम सेडान सिटी, ह्याचव्याक ज्याज, सब फोर मिटर डब्लूआर भी जस्ता मोडल विक्री वितरण गर्दै आइरहेको छ ।


