होन्डा साइन १०० र स्प्लेडर प्लसको इन्जिनमा कुन पावर फुल ?

काठमाडौं । केही समय अगाडि होन्डा इन्डियाले भारतमा सार्वजनिक गरेको १०० सीसी साइनको इन्जिन स्पेशिफिकेशन सार्वजनिक गरेको छ । कम्पनीले इन्ट्रीलेभल सेग्मेन्टमा हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्न होन्डा साइन १०० को ल्याएको थियो ।

होन्डा साइन १०० को पावर स्प्लेन्डर प्लसको भन्दा केही कम देखिएको छ । होन्डा साइनमा ९८.९८ सीसी इन्जिन दिइएको छ । यो इन्जिनले ७.२८ बीएच पावर जेनेरेट गर्छ । त्यहि हिरो स्प्लेन्डर प्लसमा रहेको ९७.२ सीसी इन्जिनले ७.९१ बीएच पावर जेनेरेट गर्छ ।

होन्डाले साइनको टर्क क्षमता अझै खुलाइएको छैन । तर, स्प्लेन्डर प्लसले ८.०५ एनएन टर्क जेनेरेट गर्छ । स्प्लेन्डरको तुलनामा साइनको पावर केही कम देखिएको कारण टर्क पनि कम हुन सक्छ ।

होन्डाले साइन १०० को मूल्य ६४ हजार ९०० भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेर सार्वजनिक गरेको हो । होन्डा साइन १०० को भारतीय बजारमा आजदेखि बुकिङ खुला गरेको कम्पनीले जनाएको छ । मे २०२३ देखि साइन १०० को डेलिभरी सुरू हुने कम्पनीले जनाएको छ ।

यसमा अलोय ह्वील, डीआरएल, टेलिस्कोपिक सस्पेन्सन, कम्बाइन ब्रेकिङ सिस्टम, सेमी डिजिटल कन्सोल जस्ता फिचर हुने अनुमान गरिएको छ । होन्डा इन्डिया स्कुटर सेग्मेन्ट सधैं पहिलो नम्बरमा रहँदै आएको छ । तर, इन्ट्रीलेभल मोटरसाइकल सेग्मेन्टमा भने हिरोको एकाधिकार रहेको छ ।

भारतीय मोटरसाइकलको बजारमा साइजमा १०० सीसी सेग्मेन्ट ३३ प्रतिशत विक्री भइरहेको छ । जसमा हिरो स्प्लेन्डरले सबैजसो बजार ओगटेको छ । हिरो स्प्लेन्डरको सुरुआती मूल्य ७२ हजार (एक्स शोरुम) रहेको छ । होन्डा साइन १०० स्प्लेन्डरको तुलनामा ७ हजार रुपैयाँले सस्तो रहेको छ ।


Back_to_top