होन्डाले ल्याउँदै नयाँ मोटरसाइकल, ५ हजार तिरेर बुकिङ्ग गर्न सकिने

काठमाडौं । होन्डाले आफ्नो नयाँ मोटरसाइकल ‘एसपी १२५’ नेपालमा बिक्री सुरु गर्ने लागेको छ । कम्पनीले चाँडै बजारमा ल्याउन लागेको एसपी १२५ को बुकिङ्ग नै खुल्ला गरेको हो ।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले नाडा अटो शोमा २०२३ मा देखाएको एसपी–१२५ बुकिङ गर्न चाहकने जो कोहीले ५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।

होन्डाले भारतमा भन्दा पहिला अटो शो मार्फत सार्वजनिक गरेको मोटरसाइकल बिक्रीको लागि भने अब उपलब्ध गराउने भएको हो ।

‘हामीले नाडा अटो शोमा एसपी १२५ स्पोर्टस् देखाएका थियौं । ग्राहकको प्रतिक्रिया पनि राम्रो थियो । अब छिट्टै बिक्री सुरु गर्ने तयारी भएको छ’, स्याकार ट्रेडिङ स्रोतले भन्यो ।

कम्पनी स्रोतका अनुसार ३ लाख हाराहारी मूल्य तोकेर एसपी १२५ को बिक्री सुरु हुनेछ । होन्डा एसपी १२५ मा १२३.४ सीसी सिगंल सिलिन्डर ४ स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले १०.७२ बीएच पावर तथा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

साइनभन्दा स्पोर्टी लुक भएको एसपी १२५ को फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा कम्वी ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

एसपी १२५ मा अलोय ह्वील, आकर्षक एलइडी हेडल्याम्प, स्टाइलिस फ्यूल ट्याङ्क पाउन सकिन्छ । यसले टीभीएस स्टाइकर, यामाहा सलुटो र हिरो स्प्लेन्डरजस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top