काठमाडौं । टाटा मोटर्सले विकास गरिरहेको ह्यारीयर ईभी प्याटेन्ट इमेज बाहिर आएको छ । कम्पनीको फ्ल्यागसीप इलेक्ट्रीक भेहिकलको रुपमा बजारमा आउने तयारी भइरहेको ह्यारीयरको प्याटेन्ट दर्ता गरिएको तस्बिर बाहिर आएको हो ।
उसोत टाटाले कन्सेप्टको रुपमा पनि ह्यारीयर ईभीलाई एक वर्ष अगाडि नै देखाएको थियो । अहिले बाहिर आएको तस्विर अनुसार अगाडिको फ्रन्ट फेसियामा ठूलो परिवर्तन देख्न सकिन्छ ।
ईभी प्रेरित क्लोज ग्रिल, क्लोज ग्रिलमा दिइएको होरिजेन्टल स्ल्याटले आधुनिक प्यार्टन देखिएको छ । यसको लोअर ग्रिलमा पनि धेरैवटा भर्टिकल स्ल्याट डिजाइन देख्न सकिन्छ । लोअर ग्रिलमा ब्याट्री कुलीङका लागि खुल्ला राखिएको छ ।
यसको हेडलाइट पनि आधुनिक ट्रयाङ्गुलर सेप स्पोर्टी र स्लीक डिजाइनमा देख्न सकिन्छ । ह्यारीयर ईभीमा पनि नेक्सन र पन्च ईभीको जस्तै कनेक्टेड एलइडी लाइट रहने छ ।
यसको क्याविन निकै प्रिमियम रहने छ । टाटाको इलुमेनेटेड लोगो सहितको टु स्पोक स्टेरिङ ह्वील, प्यानारोमिक सनरुफ, टचवेसको एचभीएसी कन्ट्रोल, एड्भान्स ड्राइभर असिस्ट सिस्टम र ३६० डिग्री क्यामेरा यसमा रहने छ ।

अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, एयर प्यूरीफायर, एम्बीयन्ट टाइट, भेन्टीलेटेड र पावर फ्रन्ट सीट पाइने अनुमान गर्न सकिन्छ । टाटाको सेकेन्ड जेनेरेशन ईभी आर्किटेक्चरमा निर्माण हुने ह्यारीयरमा ६० देखि ८० किलोवाट आवरको ब्याट्री प्याक रहने छ ।


