होन्डाले दुई नयाँ मोडल सार्वजनिक गर्ने

काठमाडौं । केही समयअघि भारतीय बजारमा कम्प्याक्ट सेडान होण्डा सिटी सार्वजनिक गरेको होन्डा कार इन्डियाले थप दुई नयाँ गाडी सार्वजनिक गर्ने तयारी गरेको छ ।

जापानिज कार निर्माता कम्पनी होण्डाले कम्प्याक्ट एसयूभी र सेडान कार बजारमा ल्याउने भएको हो । कम्पनीले सार्वजनिक गर्न लागेको एसयूभीको नाम घोषणा गरेको छैन भने अर्को भने न्यू जेनेरेसन अमेज ल्याउने भएको हो ।

कम्पनीले सार्वजनिक गर्ने यी दुई गाडी आगामी वर्षको अन्त्यसम्ममा बजारमा विक्री वितरणका लागि उपलब्ध हुनेछन् । यसमध्ये होन्डा एसयूभीले सार्वजनिकपछि हुन्डाई क्रेटा, मारुती ग्रान्ड भिटारा, स्कोडा कुशक, फक्सवागेनको टाइगुल तथा कियाको सेल्टोससँग प्रतिष्पर्धा गर्नेछ ।

१. न्यू होन्डा एसयूभी

होण्डा मोटर्सले हाइब्रिड इन्जिन अप्सनमा ल्याउन लागेको न्यू होन्डा एसयूभीमा दुई फरक इन्जिन अप्सन दिइएको छ । यसमा ई–एचइभी हाइब्रिड टेक्नोलोजीसहितको १.५ लिटर एटकिन्सन साइकल पेट्रोल इन्जिन र १.५ लिटर आइभीटीईसी पेट्रोल इन्जिन पाउन सकिन्छ । यसको रेगुलर पेट्रोल इन्जिनले १२१ हर्सपावर र १४५ एनएम टर्क उत्पादन गर्छ ।

यो कम्प्याक्ट मिड साइज एसयूभीमा होन्डाको लेन वाच सिस्टम, कनेक्टेड कार टेक्नोलोजी, ईएससी, एबीएस, ईबीडी, ३६० डिग्री भ्यू क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल लन्च एड, भीएसएम, एयरब्याग लगायत पाउन सकिन्छ ।

यो नयाँ एसयूभीमा राडारमा आधारीत एडास टेक्नोलोजी हुने अनुमान गरिएको छ । यसमा सुरक्षाका लागि भने एड्याप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, रोड डिपार्चर मिटिगेसन सिस्टम, अटो हाई बिम, कोलिजन मिटिगेसन ब्रेकिङ सिस्टम र ६ वटा एयरब्याग जस्ता उन्नत सुरक्षा प्रविधि समावेश गरिएको छ ।

२. न्यू जेनेरेसन होन्डा अमेज

थर्ड जेनेरेसन होन्डा अमेज एक्स्टेरियर र इन्टेरियरमा व्यापक सुधारसहित आउने सम्भावना रहेका छ । २०२४ मोडल होन्डा अमेजको डिजाइन भने ग्लोबल मोडल एकर्डसँग मिल्दोजुल्दो हुने बताइएको छ । त्यसैगरी, यसको इन्टेरियरमा नयाँ डिजाइन र लेटेस्ट स्मार्टफोन कनेक्टिभिटीसहितको फ्री–स्ट्यान्डिङ टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम पाउन सकिन्छ ।

यो हाल उपलब्ध रहेको गाडीमा भने अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, इन्जिन स्टार्ट/स्टप बटन, गाइडलाइन्स सहितको रियरभ्यू क्यामेरा, स्पीड सेन्सिङ अटो डोर लक फंक्शन, टिल्ट एडजस्टेबल स्टेयरिङ, कप होल्डरसहितको रियर आर्मरेस्ट, एलईडी प्रोजेक्टर हेडल्याम्पजस्ता सुविधाहरू छन् । यसमा एलईडी फग ल्याम्प, १५ इन्चको डायमन्ड कट अलोय ह्वील लगायत पनि पाउन सकिन्छ ।

नयाँ होन्डा अमेजमा १.२ लिटर फोर सिलिन्डर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिनले ९० ब्रेक हर्सपावर उत्पादन गर्छ भने ११० एनएम टर्क उत्पादन गर्छ । यसमा म्यानुअल ट अटोमेटिक ट्रान्समिसन अप्सन उपलब्ध रहेको छ ।


Back_to_top