काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टरको डिजाइन र स्पेसिफिकेसन बाहिरिएको छ ।
रोडस्टर डिजाइनमा रहेको यो कारको चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयले विवरण लिक गराएको हो ।
सार्वजनिक भएको विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने पछाडि रहेको १६० किलोवाटको मोटरले भने ३३५ हर्सपावर उत्पादन गर्छ।
हाल यो गाडीमा प्रयोग भएको ब्याट्री बारे भने केही खुलासा भएको छैन । तर, यो ईभी कारले अधिकतम प्रतिघण्टा १२४ माइल अर्थात् १९९ किलोमिटरको टप स्पीडमा गुड्न सक्छ ।

इलेक्ट्रीक साइबरस्टरको डाइमेन्सन हेर्ने हो भने,यसको लम्बाइ ४५३५ एमएम, चौडाइ १९१३ एमएम र १३२९ एमएम अग्लो रहेको छ । यसको ह्वीलबेस २६९० एमएम लामो रहेको छ ।

पछिल्लो समयमा एमजी ब्रान्ड टी–सिरिज, एमजीए, एमजीबी लगायतका रोडस्टरको लागि परिचित छ । कम्पनीले नयाँ ईभीमा एरो सेप्ड टेललाइट दिएको छ । यसको इन्टेरियरका एलिमेन्टबारे भने कुनै विवरण सार्वजनिक भएको छैन ।
तर, मन्त्रालयले बाहिर ल्याएको विवरण अनुसार यसको निर्माण कार्य सुरू भइसकेको छ ।


