पैसा र समय बचाउन मोटरसाइकलका ५ पार्टस् फिट राखौँ

काठमाडौं । मोटरसाइकल नेपालको प्रमुख यातायातको साधन हो । मोटरसाइकलमा नै धेरै मानिसले लामो यात्रा पनि गर्ने गरेको पाइन्छ । लामो यात्रामा मोटरसाइकलको प्रयोगसँगै यसलाई कसरी चुस्त राख्न सकिन्छ भन्ने विषय पनि त्यतिकै महत्वपूर्ण हुन्छ ।

मोटरसाइकलको केही पार्टस् बचाउन सकिए वा त्यसको उचित हेरचाह गर्न सक्ने हो भने पैसा र समय दुबै बचाउन सकिन्छ । मोटरसाइकलमा हुने धेरै पार्टस् मध्य यी पार्टस्मा विशेष ध्यान दिनु उपयुक्त मानिन्छ ।

समय समयमा मोबिल चेक गर्नुस्

मोटरसाइकलको मोबील समय-समयमा जाँच गरि राख्नुपर्छ । यदि तपाईंको इन्जिन आयल कम हुँदैछ भने यसमा तत्कालै थप्नु पर्छ । प्रायः इन्जिनको तेल सुक्दा इन्जिनमा ठूलो नोक्सानी हुने गर्छ । त्यसैले इन्जिन आयल सही मात्रामा रहनु जरुरी हुन्छ ।

एयर फिल्टर सफा गर्नुहाेस्

तपाईंको मोटरसाइकलमा रहेको एयर फिल्टर एकदमै राम्रो कन्डिसनमा हुन जरुरी हुन्छ । त्यसकारण मोटरसाइकलको एयर फिल्टर सधैँ सफा राख्नुहोस् र निश्चित समयमा एयर फिल्टर परिवर्तन गर्ने गर्नुहोस् ।

ब्याट्री जाँच गर्नुहाेस्

मोटरसाइकलको ब्याट्रीलाई समय समयमा जाँच गरिरहनु पर्छ । अन्यथा यसले दुःख दिनसक्ने खतरा रहन्छ । मोटरसाइकलको ब्याट्री लिक भएको छ या छैन भन्ने निश्चित गरी लिक भएको खण्डमा यसलाई तुरुन्तै परिर्वतन वा मर्मत गर्नु पर्ने हुन्छ ।

स्पार्क प्लगमा ध्यान गर्नुस्

सर्भिसिङ गर्दा स्पार्क प्लग चेक अनिर्वाय चेक गराउनु होला । १५०० देखि २००० किलोमिटर बाइक गुडेपछि यसलाई परिवर्तन गर्नुहोस् । यदि स्पार्क प्लग बिग्रेको छ भने मोटरसाइकल स्टार्ट गर्नै समस्या हुन्छ ।

टायर 

अर्को मोटरसाइकलमा आउने समस्या भनेको टायरमा हो, त्यसैले टायरमा एयर प्रेसर जाँच गरेर राख्नुहोस् । समस्या को टायर घिस्रिएमा यसलाई तत्काल परिवर्तन गर्नुहोस् र सधैं ग्रिप भएको टायर प्रयोग गर्नुहोस् ।


Back_to_top