काठमाडौं । नेपाली बजारमा नयाँ कारको भन्दा सेकेन्ड हेन्ड बजारमा धेरै कारहरु बिक्री हुने गरेका छन् । यसरी सेकेन्ड हेन्ड बजारमा कार किन्दा धेरै मानिसहरु ठगिने गरेको गुनासो आउने गरेको छ ।
यसरी सबैभन्दा धेरै झुक्याउन सक्ने बिषय यति किलोमिटर गुडेको छ भन्ने बिषयमा हो । यदि तपाईले कारको उत्पादन मिति, कारको दर्ता मिति नहेरी कति किलोमिटर चलेको छ, भनेर मात्रै हेर्नुभयो भने, तपाई उक्त कारमा ठगिन सक्नु हुन्छ ।
सेकेन्ड हेन्ड बजारमा बिक्रीको लागि राखिएका कारहरुको ओडियोमिटर परिर्वतन गरिएको हुनसक्छ । जसका कारण तपाई वास्तविक गुडेको किलोमिटर नदेखाएर ठग्न सक्ने छन् ।
यसरी तपाई ठगिनु भएको छ वा छैन भन्ने पत्ता लगाउनु छ भने तपाई कारलाई लिएर अर्थोराइज सर्भिस सेन्टरमा लिएर जान सक्नु हुन्छ । उनिहरुले यसको यर्थात भनिदिने छन् ।
यसरी हुन्छ कारमा ठगि
आज भोलि सबै किसिमका कार डिजिटल ओडियोमिटरमा आउने र ति ओडियोमिटरको साथ चिप लगाइएको हुन्छ । यही चिपमा ओडियोमिटरको डाटा रिडिङ स्टोर भएर बस्छ । यही चिपमा रिकन्डीसन बिक्रेताले तलमाथि गरेर सहिमा कार कति गुडेको छ भन्ने बिषयमा झुक्याउने गरेका छन् ।
कसरी बच्ने ठगिबाट
यदि तपाई फस्ट कार क्रेता हुनुहुन्छ भने तपाईले सजिलै यस्ता ठगि पत्तालगाउन सक्नु हुन्न । यदी तपाई यस्ता कार खरिदबाट बच्न चाहनुहुन्छ भने कुनै अनुभबि मेकानिक्सको सहायताले लिएर पत्तालगाउन सक्नु हुनेछ ।
तपाईले मेकानिक्स कहाँ कार लान सक्नु भएन वा मेकानिक्स नै पाइएन भने यसलाई पत्ता लगाउन कारको अर्थोराइज सर्भिस सेन्टरमा गएर कारको पुरानो हिस्ट्री हेर्न सकिन्छ ।
उसले अन्तिम पटक गराएको सर्भिसिङ किलोमिटर डाटा र कारमा रहेको अहिलेको किलोमिटर दाँजेर अनुमान लगाउन सकिन्छ । अर्को सजिलो उपाए भनेको उत्पादन सालको तुलनामा निकै कम किलोमिटर गुडेको देखिएको खण्डमा सर्भिससँग जोडिएका अन्य स्टिकरहरुको खोजीबाट थाहा पाउन सकिन्छ ।
अर्को र अन्तिम तरिका कार लगाइएको टायर र किलोमिटर बीचको फरकले पनि छुट्याउन सकिन्छ । यदी कार ३० हजार किलोमिटरको हाराहारीमा गुडेको छ तर, टायर नयाँ छ भने थाहापाउनुस् यसको माइलेज मिटरमा बदमासी गरिएको छ । किन भने नयाँ टायर कम्तीमा ४० देखि ५० हजार किलोमिटरसम्म चल्ने गर्छन् ।

